Like us!
Follow us!
Connect us!
Watch us!

ओखलढुङ्गामा पहिरोले घर पुरिँदा श्रीमान श्रीमती र छोरीको मृत्यु, छोरा बेपत्ता

अर्थ संसार

शुक्रबार, ०८ असार २०८०, ११ : १२ मा प्रकाशित

ओखलढुङ्गामा पहिरोले घर पुरिँदा श्रीमान श्रीमती र छोरीको मृत्यु, छोरा बेपत्ता

ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा परी एक जना बेपत्ता भएका छन् । 

गए राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमाया र १८ महिनाकी छोरी कृतिकाको ज्यान गएको हो । गुरुङका १० वर्षीय छोरा दिनेश पहिरामा परी बेपत्ता भएका छन् । 

बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएका छन् । राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिराले पुरिएको छ । ती दुई घरमा बस्दै आएकाले भने भागेर ज्यान जोगाएका बताइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले अहिले बेपत्ताको खोजी गरिरहेका छन् । पहिराले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको