Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल वायु सेवा निगममा कर्मचारी भर्ती गर्नु भनेको आमाको रगत खानु जस्तै होः सांसद भट्टराई

अर्थ संसार

शुक्रबार, ०८ असार २०८०, १२ : ४१ मा प्रकाशित

नेपाल वायु सेवा निगममा कर्मचारी भर्ती गर्नु भनेको आमाको रगत खानु जस्तै होः सांसद भट्टराई

नेकपा एमालेका सांसद योगेस कुमार भट्टराईले ३ हजार कर्मचारी राखेर ४ ओटा प्लेन उडाइराख्न आवश्यक नभएको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो कार्यकालमा केहि कर्मचारी कटौती गरेको बताएका हुन् । 

उनले नेपाल वायु सेवा निगममा कर्मचारी भर्ती गर्नु आमाको रगत खानु जस्तै भएको र अहिलेको अवस्था यस्तै रहेको बताए । उनले भने, ‘जुन आमाको दुध आउँदैन् त्यहि आमाको दुध चुसीराख्नु रगत चुसेजस्तै हो, नेपाल वायु सेवा निगममा कर्मचारी चर्ति गर्नु आमाको रगत खाए जत्तिकै हो । त्यसपछि चाइनिज जहाजहरु किन ल्याइयो ? कसको स्वार्थमा ल्याइयो ? यसको प्रश्नको जानकारी सांसदले पाउनुपर्छ कसको पालामा आयो ? आज चाइनिज जहाजका कारणले अर्बाैँ नोक्सानी भईरहेको छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको