राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य एवम् सांसद सोविता गौतम विश्वभरका युवा राजनीतिज्ञको प्रतिस्पर्धामा टप १५ मा पर्न सफल भएकी छन्।
विश्वरभरिका युवा राजनीतिज्ञ मध्येबाट ‘वान योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ को सर्ट लिस्टमा १८ देखि ३५ वर्षका नेताहरूलाई सर्टलिस्ट गर्ने वान वर्ल्डले सोभिता गौतमलाई २७ वर्षमा सांसद भएकी नेपालको इतिहासकै सबैभन्दा कान्छी सांसद भएको उल्लेख गरेको छ।
भ्रष्टाचार विरुद्धको गौतमको अभियान र लोकप्रियताकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी देशको चौथो ठूलो पार्टी भएको पनि वान वर्ल्डले उल्लेख गरेको छ । राजनीतिमा उनीहरूको प्रभावका आधारमा सर्टलिस्ट गरिएको हो। यी १५ जनामध्ये ५ जनालाई योङ वर्ल्ड पोलिटिसियन अफ द इयर अवार्ड प्रदान गर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस