Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ भर्न तीन दिन बाँकी, अहिलेसम्म कति पर्यो आवेदन?

अर्थ संसार

मंगलबार, १२ असार २०८०, ११ : ५२ मा प्रकाशित

आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ भर्न तीन दिन बाँकी, अहिलेसम्म कति पर्यो आवेदन?

आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडको वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ३५ करोड ७६ लाख ३६ हजार ९ सय ६७ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज बिहान १०ः२७ मिनेटसम्म १८ हजार ५ सय ६० जनाले १५ लाख ९ हजार ५ सय ९० कित्ताका लागि आवेदन दिएका छन् ।

इन्स्योरेन्सले असार १ गतेदेखि प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले उक्त आइपीओमा असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइने कम्पनीले जनाएको छ । 

रेटिङ एजेन्सी केयर नेपालले आइएमई लाइफ इन्स्योरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । उक्त आइपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको