असार महिनाको लागि वाणिज्य बैंकहरूले जारी गर्ने कर्जाको ब्याजदर नघट्ने देखिन्छ। बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार वैशाखसम्म तीन महिनाको औसत आधार दरको तुलनामा जेठसम्म यस्तो औसत आधार दर मात्रै ०.१० प्रतिशत बिन्दुले घटेको हो।
फागुन, चैत र वैशाखको १९ वटा वाणिज्य बैंकको औसत आधारदर १०.४६ प्रतिशत रहेकोमा चैत, वैशाख र जेठको औसत आधारदर १०.३६ प्रतिशत रहेको तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आउने महिनाको लागि त्यसअघिका हरेक तीन महिनाको औसत अनुसार आधारदर तय गर्न सक्ने व्यवस्था गरेको छ।
यसअघि हरेक तीन–तीन महिना कर्जामा लाग्ने आधार दर परिर्वतन हुने गर्थ्यो। तर, अब भने प्रत्येक महिना पछिल्ला तीन महिनाको आधार दरको औसत लिएर तय गरिन्छ। बैंकहरूको मासिक आधारदरमा समेत सिमान्तदरमा कमी आइरहेकोले आगामी महिना कर्जाको ब्याजदर थप घट्न सक्ने अुनमान गर्न सकिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस