Like us!
Follow us!
Connect us!
Watch us!

वाम गठबन्धनले गर्ने भयो गाउँसम्म यस्तो कार्यक्रम

बुधबार, ०१ कार्तिक २०७४, १५ : ३९ मा प्रकाशित

वाम गठबन्धनले गर्ने भयो गाउँसम्म यस्तो कार्यक्रम

अर्थ संसार, काठमाडौँ–नेकपा ( एमाले)  र नेकपा (माओवादी केन्द्र) ले चुनावी तालमेल र एकीकृत पार्टी निर्माणको पहललाई प्रभावकारी निष्कर्षमा पुर्याउन प्रदेश, जिल्ला र क्षेत्रीय तहमा संयुक्त कार्यक्रम गर्ने भएका छन् ।

चुनावी तालमेल र एकताको सन्देशलाई आधारभूत तहसम्म विस्तार गर्ने र निर्वाचन क्षेत्र बाँडफाँट तथा निर्वाचन घोषणापत्र निर्माणको काम दुई ठूला बाम दलले सँगसँगै अघि बढाएका छन् । बाँडफाँट तथा निर्वाचन घोषणापत्र निर्माणको काम एक दुई दिनभित्रै टुङ्ग्याउने तयारी पनि ती दलले गरेका छन् ।

उम्मेदवारी र घोषणापत्र बाँडफाँडका लागि गठित संयुक्त कार्यदलले काम गरिरहेको छ भने एमाले स्थायी कमिटीको ८७ औं बैठक पनि जारी छ । ती दलबीच गत असोज १७ गते चुनावी तालमेल र एकताको घोषण भएको थियो ।

एमाले र माओवादीले वैचारिक सिद्धान्त र क्रान्तिको कार्यक्रमलाई क्रमिक छलफलबाट विकास गर्ने र मुलुकको समृद्धिका लागि सबै कम्युनिष्ट र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिबीचको एकता र सहकार्यलाई प्राथमिकता दिन सहमत भएका छन् । नयाँ शक्ति नेपाल भने उक्त सहमतिमा आएपछि हाल बाम गठबन्धनबाट बाहिरिने तयारी गरेको छ ।

एमालेको जारी बैठकमा निर्वाचन आचारसंहिता लागू भइसकेको र समानुपातिक प्रणाली अन्तर्गत उम्मेदवारको मनोनयन समेत भइसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्नु, कार्यविभाजन र विभागीय हेरफेर गर्नु निर्वाचन आचारसंहिताको उल्लंघन भएको ठहर गरिएको सो पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सैद्धान्तिक रुपमा दुई पार्टी तालमेल र एकताको प्रक्रिया तलसम्म लान तयार भएका छन्, निर्वाचनको प्रचार र आन्तरिक संगठनात्मक संयुक्त भेला क्रकिमरुपमा हुनेछन् ।

राई एमालेमा प्रवेश

यसैबीच एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित कार्यक्रमबीच नेपाली काँग्रेस, खोटाङका महासमिति सदस्य विमला राईसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई पार्टी प्रवेश गराउनुभएको हो ।

अध्यक्ष ओलीले आगामी मंसिर १० र २१ गतेका लागि प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकिइसकेको सन्दर्भमा निर्वाचनलाई सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग पु¥याउनु राज्यका सबै अंगहरुको दायित्व भएकोे बताउनुभयो ।

कुनै पनि बहानामा निर्वाचन सार्ने वा प्रभावित पार्ने काम कसैबाट हुनुहुदैन् उहाँले भन्नुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको