Like us!
Follow us!
Connect us!
Watch us!

ललिता निवास जग्गा प्रकरणः पक्राउ परेका ४ जनालाई म्याद थपका लागि अदालत लगियो

अर्थ संसार

बुधबार, १३ असार २०८०, १४ : २७ मा प्रकाशित

ललिता निवास जग्गा प्रकरणः पक्राउ परेका ४ जनालाई म्याद थपका लागि अदालत लगियो

ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा मङ्गलबार पक्राउ परेका ४ जनालाई म्याद थपका लागि अदालत लगिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की, पूर्वनिर्वाचन आयुक्त सुधीर शाह, धर्मप्रसाद गौतमलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको हो।

सीआइबीले मङ्गलबार ७ जनालाई पक्राउ गरेको जसमध्ये तीन जनालाई अदालतको ‘स्टे–अर्डर’ लिएको भन्दै कागज गरेर मङ्गलबार नै छोडेको थियो। उक्त प्रकरणमा सीआइबीले ४ सय ६ जनालाई पक्राउ गर्न अनुमति लिएको जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको