अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । शुक्रबार बिहान सम्पन्न (असार २२ गते) गोलाप्रथामार्फत कुल ५३ हजार ९५० जना सर्वसाधारण लगानीकर्ताहरुलाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको हो।
यस आइपीओमा कुल १२ लाख ४७६ जनाले आवेदन दिएकोमा २ हजार ३९९ जनाको आवेदन भने रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
कम्पनीले असार १० गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । यसअघि आयोजना प्रभावित स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपीओ बाँडफाँड गरी सकेको छ । कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो ।
जसमा १ सय अंकित मूल्यमा ६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो । यसमध्ये ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ भने ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र ९१३ हजार कित्ता कर्मचारीलाईलाई छुट्याइएको छ । बाँकी ५ लाख ३९ हजार ५ सय कित्ताका लागि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको थियो।
लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, अप्पर स्याङ्गे हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस