Like us!
Follow us!
Connect us!
Watch us!

मार्केट सुपर बुल हुनेवाला छ, लगानीकर्ताको राम्रा दिन फिर्यो : अजय सिंह थापा

अर्थ संसार

आइतबार, २४ असार २०८०, १३ : १० मा प्रकाशित

स्टक मार्केटमा कुनै पनि सेक्टर चल्न केही न केही फण्डा चाहिने जय शम्भोका नामले परिचित प्राविधिक विश्लेषक अजय सिंह थापा बताउँछन् । अर्थ संसारको कार्यक्रम टेक्नो गफमा बोल्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय आफूले होटललाई प्राथमिकता दिनुमा अहिले होटलमा फण्डा भनेको फण्डामेन्टल्ली नै राम्रो भएको उनले बताए । गत वर्ष भन्दा यो वर्ष होटलहरूको प्रोफिट एकदमै राम्रो बढेर आएको र अहिले सबै पोजेटिभ माहोलले जस्तै पर्यटक हरू बढ्दा पनि होटललाई सपोर्ट गरेको उनी बताउँछन् । यो सबै कुराले सपोर्ट गरेको बेलामा होटेलको स्टक चलाउन सजिलो रहेको हुँदा आफूहरूले अहिले होटलको स्टक चलाएको उनले प्रष्ट पारे । आगामी एक दुई वर्ष नेपालमा पर्यटक अझै बढेर जाने अनुमान गरिएको हुँदा आगामी एक दुई वर्ष होटल धेरै बढेर जाने सम्भावना रहने उनले बताए । 

अब आउने बुलमा सबै सेक्टरहरू चल्ने उनको विश्लेषण छ । ट्रेडिङ गर्नेहरूले फाइनान्स तथा होटल सेक्टरहरू र इन्भेष्टमेन्ट गर्नेहरूले बैंक तथा माइक्रोफाइनान्सहरू गरी सबै सेक्टर मिलाएर हेर्नुपर्ने उनको सुझाव छ । 

मार्केट बुल हुनेमा ढुक्क छन् उनी । उनले भने, 'अब चाहीँ लगभग बुल मार्केटको सेन्टिमेन्ट देखिन थालेको छ । लिक्विडिटी, ब्याजदर, फरेन करेन्सीको रिजर्भहरू यो सबै हेर्दा मार्केट पोजेटिभ हुनेवाला छ । खासगरी लगानीकर्ताहरूको राम्रो दिन फेरि फिर्यो भन्ने लाग्छ मलाई चाहीँ ।'

आफूले सेयर किनेर बस्न नसकेकाहरूले सधैँ बजार तल आउँछ भन्ने गरेका उनको आरोप छ । आफूले सेयर नकिनेपछि बजार २२ सय पुग्दा १६ सय १८ सय आउँछ भन्दै हल्ला गर्ने गरेका उनले बताए । अब पहिलाकाे भन्दा सुपर र ठूलाे बुल आउने उनी बताउँछन् ।

लाेन लिएर लगानी नगर्न उनकाे सुझाव छ । कुराकानीकाे क्रममा उनले भने, 'अब जसलाई आईडिया छैन लोन लिएर लगानी गर्नु भनेर कोही कोहीले भन्नु हुन्छ म लोन लिएर लगानी गर्नु चाहीँ भन्दिँन । तपाईँले पहिलाको बुलहरुमा सेयर बजारबाट पैसा कमाइसक्नु भएको छ, तपाईँले प्रमाणीत गरिसक्नुभाछ आफूलाई भने चाहीँ अहिले लोन लिएर पनि लगानी गर्न सकियो । जसले गएको बुलमा कमाएकै छैन, आफूले आफूलाई प्रमाणीत गरेकै छैन उसलाई चाहीँ लोन लिएर लगानी गर्न म कहिले पनि सल्लाह दिन्न ।'

उनीसँग गरिएकाे भिडियाे कुराकानी हेर्नुहाेस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको