Like us!
Follow us!
Connect us!
Watch us!

वासिङ मेसिन, पानी तान्ने पम्प, आइरन, गिजर चलाउने बानी बदल्नुस्, लोडसेडिङ अन्त्य गर्न सघाउनुस्

बुधबार, ०१ मंसिर २०७३, १५ : १५ मा प्रकाशित

वासिङ मेसिन, पानी तान्ने पम्प, आइरन, गिजर चलाउने बानी बदल्नुस्, लोडसेडिङ अन्त्य गर्न सघाउनुस्

अर्थ संसार

काठमाडौं– तपाईं वासिङ मेसिन, पानी तान्ने पम्प, आइरन, गिजरलगायतका विद्युतीय उपकरण कतिखेर बढी प्रयोग गर्नु हुन्छ ? यस्ता उपकरणले बढी विद्युत खपत गर्छन् । विहान बेलुका यस्ता उपकरण चलाउनु हुन्छ भने आफ्नो बानी बदल्नुस् । 

केही दिनदेखि काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त गराउन परीक्षण गरिरहेको विद्युत प्राधिकरणले जस्ता उपकरण विहान बेलुकाको पिक आवरमा प्रयोग नगरी लोडसेडिङ अन्त्यको अभियानमा सहयोग गरिदिन आग्रह गरेको छ ।यस्ता उपकरण विहान ५ बजेदेखि ८ बजेसम्म र साँझ साढे ५ बजेदेखि साढे ८ बजेसम्म बढी प्रयोग हुने विद्युत प्राधिकरणको भनाइ छ । 

त्यतिखेर बढी विद्युत खपत हुन्छ । त्यही बेला यस्ता उपकरण प्रयोग गर्दा विद्युतमा भार पर्न जान्छ । त्यसैले ती सामग्री विहान र बेलुकाका पिक आवरमा प्रयोग नगरेर सहयोग गर्न प्राधिकरणले आग्रह गरेको हो । त्यतिखेर विद्युत जोगाउन सके यी उपकरण विद्युत धेरै खपत नहुने दिउँसो र रातिको समयमा प्रयोग गर्न सकिन्छ । 

सबैले मैले मात्र चलाएको भनेर चलाए एकै पटक धेरै लोड पर्न जान्छ । त्यसैले लोडसेडिङ अन्त्य गर्न प्रयास गरिरहेको प्राधिकरणलाई सघाउनु सबैको दायित्व हुन जान्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको