Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ सारथी र विजय लघुवित्तको एकीकृत कारोबारको मिति तय, सेयर कारोबार रोक्का

अर्थ संसार

मंगलबार, २६ असार २०८०, ११ : २७ मा प्रकाशित

नयाँ सारथी र विजय लघुवित्तको एकीकृत कारोबारको मिति तय, सेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नयाँ सारथी र विजय लघुवित्तको सेयर कारोबार रोक्का हुने भएको छ । संस्थाहरुले असार ३१ गतेदेखि एकीकृत कारोबार गर्ने भएसँगै लघुवित्तहरुको सेयर कारोबार रोक्का हुने भएको हो ।

संस्थाहरु एकआपसमा गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका बमोजिम एकीकृत कारोबारपश्चात लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुन दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनार्थ असार ३१ गतेदेखि १५ कार्य दिन सम्मको लागि सेयर कारोबार रोक्का राखिदिन संस्थाहरुले नेप्सेसमक्ष आग्रह गरेको छ ।

विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले असार ३१ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मर्जरमा जानका लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ।

विजय लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको