Like us!
Follow us!
Connect us!
Watch us!

वाम गठबन्धनमा सहभागी हुने भन्दै कांग्रेस नेताले पार्टी छाडे

बुधबार, ०८ कार्तिक २०७४, ११ : २७ मा प्रकाशित

वाम गठबन्धनमा सहभागी हुने भन्दै कांग्रेस  नेताले पार्टी छाडे

अर्थ संसार, काठमाडौँ – वाम गठबन्न नै मुलुकको एक मात्र विकल्प भएको भन्दै नेपाली कांग्रेस बाजुरका पूर्वसभापति तथा गत संविधानसभामा प्रत्यक्ष उम्मेदवार बनेका नेता मानबहादुर रावलले काँग्रेस परिुतायग गरेका छन् ।

आसन्न निर्वाचनमा वामपन्थी गठबन्धनलाई समर्थन जनाउँदै उनले कांग्रेस परित्याग गरेका छन् ।
आज  जारी गरी कांग्रेस नेता रावलले आफूमाथि कांग्रेस नेतृत्वले अन्याय गरेकाले विद्रोह गर्नुपरेको बताए । ‘आफैं अन्यायमा परी अरुलाई न्याय दिन सकिँदैन भन्ने याथर्थलाई आत्मसाथ गरी यो निर्णय लिएको छु’ रावलले भनेका छन् ।
 
 उनले आफू कांग्रेसबाट अलग भए पनि राजनीतिबाट अलग नरहने भन्दै आसन्न निर्वाचनमा बाजुरा जिल्लामा वाम गठबन्धनलाई सघाई राजनीतिक रुपमा अघि बढ्ने निर्णय गरेको बताएका छन् ।

उनले आफ्ना समर्थक र शुभेच्छुकलाई वामपन्थी गठबन्धनलाई सहयोग गर्न आह्वानसमेत गरेका छन् । रावल ०४७ सालदेखि लगातार कांग्रेसको जिल्ला सभापति रहँदै आएका थिए । उनी गत संविधानसभा निर्वाचनमा एमालेका कर्णबहादुर थापासँग पराजित भएका थिए ।

59f026f2cab96.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको