Like us!
Follow us!
Connect us!
Watch us!

झापा ईनर्जीले आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिभिल क्यापिटल नियुक्त

अर्थ संसार

शुक्रबार, २९ असार २०८०, १७ : ०७ मा प्रकाशित

झापा ईनर्जीले आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिभिल क्यापिटल नियुक्त

झापा ईनर्जी लिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले ६ लाख ६६ हजार ६ सय कित्ता सेयर निष्कासन गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

आज (शुक्रबार) झापा ईनर्जी लिमिटेड पिङ्गलास्थानमा एक कार्यक्रमकाबीच कम्पनीले सिभिल क्यापिटल मार्केट सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा झापा ईनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सुवास भट्टराई तथा सिभिल क्यापिटल मार्केट लिमिटेडका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत शोभना घिमिरेले हस्ताक्षर गरे । 

सो कार्यक्रममा झापा ईनर्जी लिमिटेडका वित्तीय परामर्शदाता कमल पनेरु, व्यवस्थापक तथा वित्त प्रबन्धक सरोज श्रेष्ठ र सिभिल क्यापिटल मार्केट लिमिटेडका अधिकृत इन्दिरा न्यौपानेको पनि उपस्थिती थियो । 

सर्वसाधारणका (स्थानीय, कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली सहित) लागि जारी हुने शेयर छ करोड छैंसट्ठी लाख साट्ठी हजार रुपैयाँ रकम बराबरको छ लाख छैंसट्ठी हजार छ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्नका निम्ति नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक प्रक्रिया पुरा गरी सेयर निष्कासनको लागि आवेदन दिने योजना रहेको छ । 

यस कम्पनीले शिवसताक्षी–४ झापामा १० मेगावाटको ग्रिड जडान सौर्य ऊर्जा आयोजनाले निर्माण गरिरहेको, आयोजना कम्पनीको बिकास गर्न २२ बिघा जग्गा खरिद गरेको जानकारी कम्पनीका वित्तीय परामर्शदाता कमल पनेरुजीले दिनुभएको छ । आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक कार्य प्रगति हासिल भएको छ र आयोजना आश्विन २०८० मा सुरु हुने अपेक्षा गरिएको छ ।

निर्माण अवधिको ब्याज (IDC) सहित कुल परियोजना लागत ल्एच् ठढ।ढण् करोड छ । आयोजना निर्माणका लागि माछापुच्छ्रे बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेड (साविक सिभिल बैंक लिमिटेड) को नेतृत्वमा रहेको कन्सोर्टियमले ५९ करोड ९० लाख रुपैंया आर्थिक सहयोग गरिनेछ । साथै कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २५ वर्षके लागि प्रतियुनिट ७.३० रुपैँयामा विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । Total annual contract energy १७.६१ GWh रहेको छ । ९६० मिटर ३३ केभीए प्रसारण लाईनबाट सञ्चालनमा रहेको प्राधिकरणको पाँचगाँची (बुलुचोक) सबस्टेसनबाट विद्युत निकालिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको