Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्याण्डर्ड चार्टर्डको २० कित्ता कारोबार गराएर सुरु भयो मियो सेक्युरिटिज; ग्राहकका लागि आकर्षक सुविधाहरु

अर्थ संसार

शनिबार, ३० असार २०८०, १२ : ४६ मा प्रकाशित

स्ट्याण्डर्ड चार्टर्डको २० कित्ता कारोबार गराएर सुरु भयो मियो सेक्युरिटिज; ग्राहकका लागि आकर्षक सुविधाहरु

बिहिबार ब्रोकर नम्बर ६६ को माध्यमबाट  स्ट्याण्डर्ड चार्टर्ड बैंकको २० कित्ता सेयर किनियो। यो कारोबार ब्रोकर नम्बर ६६ ले अब चिन्निने मियो सेक्युरिटिज मार्फत गरिएको पहिलो  व्यवसायिक कारोबार शुभारम्भ थियो।  कारोबार सुरुवात पछ्यात् अब ग्राहक अनुभवलाई  गुणस्तरीय बनाउन नविनतम सेवाहरु सहित बजारमा स्थापित हुने लक्ष्य सेक्युरिटिजले लिएको प्रमुख कार्यकारी अधिकृत सुमन कुमार मल्लले जानकारी गराए। 

सेक्युरिटिजले हात्तीसारमा  रहेको लालचन कम्प्लेक्सको दोस्रो तल्लाबाट आफ्नो कार्यालय सचालनमा ल्याएको छ । सेक्युरिटिजलाई धित्तोपत्र बोर्डले जेठ ९ गते  धितोपत्र दलाल व्यवसायीको रुपमा धितोपत्र व्यवसाय गर्न अनुमति दिएको थियो।  विभिन्न पेशामा  सफलता हासिल गरिसकेका व्यवसायहरुको लगानी रहेको  यस मियो सेक्युरिटिजको संचालक समितिमा कैलाश खत्री, विरोचन खनाल र सन्दिप कुमार दाहाल रहेका छन्। 

अब देशव्यापी रुपमा पूंजीबजार विस्तारको उद्देश्य सहित  धितोपत्र दलाल व्यवसायमा नविनतम सेवाहरु प्रवाह गर्ने लक्ष्य संस्थाले लिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको