Like us!
Follow us!
Connect us!
Watch us!

जब देवी ज्ञवाली प्रचण्डलाई भेट्न लाजिम्पाट पुगे (फोटोसहित)

बुधबार, ०८ कार्तिक २०७४, १३ : ३० मा प्रकाशित

जब देवी ज्ञवाली प्रचण्डलाई भेट्न लाजिम्पाट पुगे (फोटोसहित)

अर्थ संसार, काठमाडौँ– स्थानीय निकायको निर्वाचन ताका भरतपुर महानगर ठूलो चर्चाको केन्द्रबिन्दुमा रह्रयो । कारण थियो, त्यहाँको चुनावी गणित ।

एकातिर माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहालको छोरी तथा सोही पार्टीकी नेत्री रेणु दाहाल नेपाली काँग्रेसको समर्थनमा चुनावी मैदानमा थिइन् भने अर्कोतिर नेकपा(एमाले)का नेता देवी ज्ञवाली चुनावी मैदानमा थिए ।

काँग्रेसको समर्थनमा चुनावी मैदानमा भएकी रेणु र देवीबीचको चुनावी प्रतिस्पर्धालाई धेरैले प्रचण्ड र देउवा भर्सेस केपी ओलीको चुनावी प्रतिस्पर्धाको रुपमा लिए । देखिन पनि त्यस्तै देखियो । प्रचण्ड र देउवा हल बाँधेर चुनाव प्रचारमा ओर्लि भने केपी ओली पनि के कम त्यसैगरी मैदानमा खडा भए ।

तर मतगणनाको क्रममा मतपत्र च्यात्ने कामदेखि अदालतसम्म सबै स्थानमा सो विषयले प्रवेश पायो । अन्ततः फेरि चुनाव भयो र रेणस दाहाल भरतपुर महानगरको निर्वाचनमा विजयी भइन् ।

समय बदलियो, राजनीतिक कोर्ष पनि बदलियो । दसैको संघारमा नै भित्र भित्रै किचडी पाकेको थियो । विजयादशमीमा नेपाली व्यस्त भएका बेला एमाले र माओवादी केन्द्रकोबीचमा चसनावी तालमेल मात्रै भएन , पार्टी एकताको समेत निर्णय भयो ।

त्यसपछि पनि सबैको ध्यान फेरी भरतपुर तर्फ मोडियो । वाम गठबन्धनपछि अब के गर्लान् देवी ज्ञवालीले । त्यसो त माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन क्षेत्र नं ३ बाट चुनाव लड्ने घोषणा गरे ।

जुन ज्ञवाली पराजित भएको भरतपुर महानगरको केही वडा  र माडी नगरपालिका पर्दछ । धेरैले ज्ञवालीले अब प्रचण्ड हराउन लाग्ने भए समेत भने र प्रचार गराए । तर अवस्था भने त्यस्तो रहेन ।
आज कात्तिक ८ गते ज्ञवाली उनै प्रचण्डलाई भेट्न उनको निवास लाजिम्पाट पुगे ।

लाजिम्पाटमा ज्ञवाली र एमालेका अरु नेताहरुले समेत सघन वार्ता गरे । सम्वतः अब प्रचण्डको चुनावी कमाण्डर नै ज्ञवाली बन्ने देखिएको छ ।

ज्ञवालीसँगको भेटवार्तालाई प्रचण्डको सचिवालयले राम्रै प्रचार गर्यो । प्रचण्डका छोरा प्रकाश र उनका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले वाम समिकरणको संयोग भन्दै फेसबुकमा फोटो राखे र प्रचार गरे । ज्ञवालीलाई कुनै महत्वपूर्ण पद दिने विषयमा एमाले अध्यक्ष ओली र माओवादी अध्यष प्रचण्डबीच सहमति भएको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको