Like us!
Follow us!
Connect us!
Watch us!

एमाले र माओवादीको संयुक्त घोषणापत्र : आर्थिक विकासका लागि समृद्धि, समृद्धिका लागि समाजवाद

बुधबार, ०८ कार्तिक २०७४, १५ : १३ मा प्रकाशित

एमाले र माओवादीको संयुक्त घोषणापत्र : आर्थिक विकासका लागि समृद्धि, समृद्धिका लागि समाजवाद

अर्थ संसार, काठमाडौँ – वाम गठबन्धनमा सहभागी नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले आर्थिक समृद्धिका लागि मार्ग प्रशस्त गर्ने र राजनीतिक स्थिरता सहितको सरकार निर्माणका लागि संयुक्त घोषणापत्र तयार पारेका छन् ।

कम्युनिस्टको नेतृत्वमा राजनीतिक परिवर्तन, कम्युनिस्टकै नेतृत्वमा आर्थिक समृद्धि भन्ने नाराका साथ संयुक्त घोषणापत्र तयार भएको छ ।

घोषणापत्र लेखनका लागि एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सम्मिलिनत कार्यदल निर्माण गरिएको थियो ।

उक्त कार्यदलले संयुक्त घोषणापत्र निर्माण गरिसकेको छ । यही कात्तिक १६ गते दोस्रो चरणको उम्मेदवारको मनोनयपछि घोषणापत्र  सार्वजनिक गरिनेछ । घोषणापत्र सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

आर्थिक समृद्धिका लागि वामपन्थी शक्तिहरुकै एकता र नेतृत्वमा मात्रै सम्भव रहेको निष्कर्षमा साथ घोषणापत्र तयार पारिएको हो । घोषणापत्र नै आर्थिक समृद्धिको आधारका रुपमा रहने गरी घोषणापत्र तयार पारिएको बताइएको छ ।

नेपालको समृद्धिका लागि वामपन्थी नेतृत्वको बहुमतको सरकार भन्ने विषयलाई समेत घोषणापत्रमा सहभागी गराइएको छ ।

आगामी पाँच वर्षमा करिब १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने, आन्ध्र महासागरमा पानीजहाज चलाउने र नेपालभित्रै विद्युतीय रेल चलाउने र चीनबाट आएको रेल काठमाडौँ, पोखरा र लुम्बिनी पु¥याउने लक्ष्य राखिएको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको