Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोच्चको आदेशपछि एमालेको टिप्पणी : चुनाव भाड्ने नियतले आदेश आयो

विहीबार, ०९ कार्तिक २०७४, १५ : २५ मा प्रकाशित

सर्वोच्चको आदेशपछि एमालेको टिप्पणी : चुनाव भाड्ने नियतले आदेश आयो

अर्थ संसार, काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनको सम्बन्धमा सर्वोच्च अदालतले बुधबार दिएको आदेशको नियत खराब भएको एमालले ठहर गरेको छ ।

 पार्टी केन्द्रीय कार्यालयमा आज बसेको स्थायी समितिको बैठकले निर्वाचन भाड्न अनेकन खालका आदेश आएको समेत उल्लेख गरेको छ ।

चुनाव टार्ने नियतले सर्वोच्चको आदेश आएको सबै नेताको धारणा रहेको छ  ।दुई न्यायाधीशको संयुक्त इजलासले निर्णय गरिसकेको मुद्दामा एकल इजलासले अर्को आदेश दिनुको नियतबारे बैठकमा छलफल भएको स्रोतले जनाएको छ ।

अदालत नियतवश निर्वाचन आयोगको कार्यक्षेत्रमा प्रवेश गर्न खोजेको आशंका देखिएको छ ।समानुपातिकतर्फ एउटै मतपत्रमा कुनै प्रश्न नउठाउने अदालतले प्रत्यक्षमा प्रश्न उठाउनुले नियतमा खोट देखिएको एमालेको दावी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको