Like us!
Follow us!
Connect us!
Watch us!

सुन तस्करी प्रकरणः एक चिनियाँ नागरिक पक्राउ

अर्थ संसार

विहीबार, ०४ साउन २०८०, १७ : ४० मा प्रकाशित

सुन तस्करी प्रकरणः एक चिनियाँ नागरिक पक्राउ

झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

उनीसँगै अहिलेसम्म सुन तस्करी प्रकरणमा सात जना पक्राउ परिसकेका छन् । आज पक्राउ पर्नेमा चिनियाँ नागरिक जेयुङ लिन रहेका विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

उनका अनुसार तिब्बतीयन एयरलाइन्सबाट चीन जान लागेका बेला उनलाई पक्राउ गरी राजस्व अनुसन्धान विभागमा पठाइएको छ । विभागले हिजो (बुधबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट झन्डै एक क्विन्टल सुन बरामद गरेको थियो ।

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले ट्याक्सीसहित दुई जनालाई पक्राउ गरेको थियो । उनीहरूसँगको अनुसन्धानपछि राति नै विभागले थप चार जनालाई पक्राउ गरेको थियो । उक्त सुन हङ्कङबाट रेडी ट्रेड प्रालिको नाममा आएको खुलेको छ । त्यसका सञ्चालक पनि पक्राउ परेका छन् ।

स्कुटरको ‘ब्रेक शु’को नाममा लुकाएर यसरी सुन बरामद भएको हो । अहिले टक्सार विभागमार्फत सुनको परिमाण निकाल्ने काम जारी रहेको छ ।

यसअघि पक्राउ परेकाहरू 

उक्त सुन तस्करी प्रकरणमा यसअघि पक्राउ परेकाहरूमा टयक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू  हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।-रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको