Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो पर्यो, विमानहरु आकाशमै होल्ड

अर्थ संसार

शुक्रबार, ११ जेठ २०८१, १२ : ३६ मा प्रकाशित

त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो पर्यो, विमानहरु आकाशमै होल्ड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा सानो आकारको खाल्डो परेपछि सम्पूर्ण उडान रोकिएको छ ।

धावनमार्गको मर्मतका लागि एक घण्टासम्म आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको विमानस्थल स्रोतले जनाएको छ । धानवमार्गको कोटेश्वरतिरको भागमा परेको खाल्डो पुरेर नसुकेसम्मका लागि विमानहरुलाई आकाशमै होल्ड गरिएको छ ।

इन्डिगो एयर, थाइ एयरवेज, मलेसियन एयरलाइन्सलगायत आन्तरिक उडानका विमान आकाशमै चक्कर लगाइरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको