Like us!
Follow us!
Connect us!
Watch us!

रकम हिनामिना गरेका इमेज सहकारी संस्थाका सञ्चालक र कर्मचारी कारागार चलान

अर्थ संसार

शुक्रबार, ०५ साउन २०८०, १३ : २८ मा प्रकाशित

रकम हिनामिना गरेका इमेज सहकारी संस्थाका सञ्चालक र कर्मचारी कारागार चलान

इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई जिल्ला अदालतले थुनामा राख्न आदेश जारी गरेको छ ।

जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको इजलासले आज (शुक्रबार) बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको हो ।

सहकारीले रु. एक अर्ब ५१ करोड हिनामिना गरेको भन्दै एक हजार चार सय ८१ जना बचतकर्ताले रु. एक अर्ब ३० करोड बिगो दाबी गरेर सहकारीका कर्मचारी र सञ्चालक गरी ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गरेका थिए ।

बचतकर्ताको उजुरीपछि प्रहरीले सञ्चालक भण्डारीलाई जेठ ३२ गते बुर्तिबाङ बजारबाट र कर्मचारी रोकालाई असार १ गते ताराखोलाबाट पक्राउ गरेको थियो भने असार ११ गते इमेज बचत तथा ऋण सहकारी बागलुङका प्रबन्धक किसानलाई पक्राउ गरेको थियो । 

सहकारीका सञ्चालक र कर्मचारीलाई आठदेखि १० वर्ष कैद सजायको माग गरेर मुद्दा दर्ता गराएको बताइएको छ। बचतकर्ताको अर्बौँ रकम हिनामिना गरेर सहकारीका संस्थापक अध्यक्षसमेत रहेका ढोरपाटन नगरपालिका नगरप्रमुख नेपाली डेढ महिनादेखि बेपत्ता छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको