नबिल बैंक लिमिटेडले पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ ।
बैंकले आज (आइतबार) एक सूचना प्रकाशित गर्दै साविकको युनाइटेड फाइनान्स र साविकको नेपाल बङ्गलादेश बैंकको ५ वर्षभन्दा पहिले सम्पन्न वार्षिक साधारणसभाबाट पारित आर्थिक वर्ष २०७३/७४को नगद लाभांश बुभिलिन आग्रह गरेको हो ।
साथै, सूचना प्रकाशितको १ महिना भित्र आफ्नो बक्यौता लाभांश बुझिलिन बैंकले आग्रह गरेको छ । लाभांश बुझिलिन बैंकको सेयर रेजिष्ट्रार नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल नारायण चौरमा यथाशिघ्र सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस