Like us!
Follow us!
Connect us!
Watch us!

मनोज ज्ञवालीको टिप्पणी– ‘मौद्रिक नीति पर्ख र हेर भन्ने आसयसहित आएको देखिन्छ’

अर्थ संसार

आइतबार, ०७ साउन २०८०, १७ : ४८ मा प्रकाशित

मनोज ज्ञवालीको टिप्पणी– ‘मौद्रिक नीति पर्ख र हेर भन्ने आसयसहित आएको देखिन्छ’

नबिल बैंकका डेप्यूटी सीईओ मनोज ज्ञवालीले राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१को मौद्रिक नीति पर्ख र हेर भन्ने आसयसहित आएको टिप्पणी गरेका छन्। राष्ट्र बैंकले आज (आइतबार) मौद्रिक नीति जारी गरेपछि उनले आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

मौद्रिक नीतिमा धेरै अपेक्षा नगरिएको र तरलताका विषयमा राष्ट्र बैंक खुकुलो हुन नचाहेको समेत ज्ञवालीले दाबी गरे। 

उनले लेखेका छन्, ‘मौद्रिक नितिले कुनै खास नयां नितिगत व्यबस्थामा परिमार्जन गर्ने अपेक्षा गरिएको थिएन। बर्ष २०७९/८० को तेस्रो त्रैमासिक समिक्षा मार्फत केही बुँदाहरु मार्फत तत्कालीन समस्या समाधान गरिसकेको अबस्था र केही यता तरलता मा सहजता रहेका कारण नेपाल राष्ट्र बैंक थप खुकुलो हुन नचाहेको देखिन्छ।  समस्याहरु पहिचान भइसकेको तर नियामकिय व्यवस्था मा नितिगत परिवर्तन गर्नुपर्ने अवस्था भएमा केही पछी गरिने गरी  पुनरावलोकन गरिने भन्ने वाक्यांश सहित ढाडस दिन खोजेको देखिन्छ । आर्थिक बृद्दिदर को लक्ष्य बजेट मै उल्लेख भएकाले मौद्रिक नितिले बोलेको देखिन्छ तर चुनौतिपूर्ण छ। उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह लाइ प्रोत्साहित गर्ने लक्ष्य लिएको देखिन्छ, आर्थिक बृद्दिदर बढाउन जरुरी पनि छ तर बर्तमान अबस्थाले गर्दा लक्ष्य पुरा हुने गरी उत्पादनशील क्षेत्रतर्फ कर्जा माग हुने अवस्था देखिँदैन। मौद्रिक निति जिम्मेवारीबोध सहित काम गरेर बनाईएको, अपेक्षित अनी पर्ख र हेर भन्ने आसय सहित आएको देखिन्छ।’ उनले जारी मौद्रिक नीतिको मुख्य ३० बुंदाहरुलाई समेत प्रकाश पारेका छन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको