Like us!
Follow us!
Connect us!
Watch us!

केन्यामा निर्वाचनका क्रममा तीन जनाको मृत्यु

शुक्रबार, १० कार्तिक २०७४, ०८ : २१ मा प्रकाशित

केन्यामा निर्वाचनका क्रममा तीन जनाको मृत्यु

अर्थ संसार, नैरोबी– केन्यामा बिहीबार दोहोर्याएर भएको राष्ट्रपतीय निर्वाचनका क्रममा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

निर्वाचनको बहिस्कार गरेका विपक्षीहरुको प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा भएको झडपमा परी उनीहरुको मृत्यु भएको प्रहरी र अस्पतालका स्रोतहरुले जनाएका छन् ।

मतदाताहरुलाई मतदान गर्न अवरोध गरेका विपक्षी दलका एक जना कार्यकर्ताको नैरोबीमा प्रहरीसँगको झडपमा परी मृत्यु भएको हो ।

एक जनाको मृत्यु भएको ड्रग्नेट अस्पतालका निर्देशक डिक्केन्स ओसीम्बाले पुष्टी गर्नुभएको छ । एएफपीका एक जना फोटोग्राफरले पनि शव देखेको बताएका छन् ।

प्रहरी उच्च अधिकारीद्वारा प्रकाशित एक विज्ञप्तिमा पश्चिमी होमा बाइमा पनि गोली लागी एक जनाको मृत्यु भएको उल्लेख गरिएको छ । यसअघि १९ वर्षका एक व्यक्ति किसुमुमा मारिएको प्रहरी र अस्पताल स्रोतले जनाएको थियो । उनको शव पनि एएफपीका प्रतिनिधिले देखेका थिए ।

निर्वाचनका क्रममा गत अगस्त ८ देखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या ४३ पुगेको छ । अधिकारवादीहरुले सरकारले भनेको भन्दा धेरै जना प्रहरीका तर्फबाट मारिएको बताएका छन् ।

निर्धारित समयमै होला की नहोला भन्ने आशंकाकाबीच बिहीबार केन्यामा दोहो¥याएर राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको हो । विपक्षी दलका नेता राइला ओडिङ्गाले निर्वाचन बहिस्कार गरेकाले यस्को वैधतामा भने धेरैको चासो कायमै रहेको छ ।

विपक्षी दलका नेता ओडिङ्गाले निर्वाचन निश्पक्ष हुन नसक्ने भन्दै बहिस्कार गरेको बताउँदै आउनु भएको छ ।

केन्यामा यसअघि केहीमहिना अघि भएको निर्वाचनमा धाँधली भएको ठहर गर्दै अदालतले फेरी निर्वाचन गराउन आदेश दिएकाले बिहीबार राष्ट्रपतीय निर्वाचन भएको हो । त्यतिबेलाको निर्वाचनमा वर्तमान राष्ट्रपति उहुरु केन्याटा राष्ट्रपतिमा पुनः निर्वाचित भएको घोषणा गरिएको थियो ।

आठ जना उम्मेद्वार मात्र रहेको निर्वाचनबाट वर्तमान राष्ट्रपति उहुरु केन्याटा दोस्रो पटक पुनः चुनिने पक्का देखिएको छ ।

दोहो¥याएर भएको निर्वाचनमा अघिल्लो पटकको तुलनामा कम मतदाताहरु सहभागी भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । स्थानीय समयअनुसार बिहान ६ बजे मतदान शुरु भएको थियो । मतदाता र मतदान केन्द्रको सुरक्षाका लागि ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । रासस÷एएफपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको