Like us!
Follow us!
Connect us!
Watch us!

द ब्रिटिश कलेज र टीबीसी इन्क्युबेशनको आयोजनामा टीबीसी स्टार्टअप फेस्ट सम्पन्न, विजेताकाे घाेषणा

अर्थ संसार

आइतबार, ०७ साउन २०८०, १७ : ४७ मा प्रकाशित

द ब्रिटिश कलेज र टीबीसी इन्क्युबेशनको आयोजनामा टीबीसी स्टार्टअप फेस्ट सम्पन्न, विजेताकाे घाेषणा

द ब्रिटिश कलेज र टीबीसी इन्क्युबेशन सेन्टरको आयोजनामा टीबीसी स्टार्टअप फेस्ट २०२३ सम्पन्न भएको छ । २१ जुलाई अर्थात् गत शुक्रबारबाट आज आइतबारसम्म ३ दिन आयोजना गरिएको फेस्टको बिजेता आज घोषणा गरिएको छ । 

जसअनुसार polystyrene (styrofoam) टिमले जितेका छन् । प्रथम भएका याे टीममा राधिका थापा, मयुरेश ओझा, स्नेहा जाेशी, राघिनी गुरूङ र रेनिशा न्याैपाने रहेका थिए । याे टीमले एक लाख रूपैयाँ नगद पाएकाे छ । साथै, मायाकाे चिनाे र प्रमाणपत्र पनि प्रदान गरिएकाे थियाे । Team Harvest Grow Invested दाेश्राे भएकाे छ । याे टीममा निशान्त मरासैनी, ओस्कार धमला, समी श्रेष्ठ, विराज कार्की र निसद मल्ल रहेका थिए । दाेश्राे हुने टीमले ७५ हजार रूपैयाँ नगद पाएका छन् । साथै, प्रमाणपत्रहरू पनि पाएका थिए ।

यसैगरी, Team Bio-Enzyme तेश्राे भएकाे छ । याे टीममा शरला महर्जन,  ओम अग्रवाल, देविका मिजार, धिरज नेपाली र साहित्य श्रेष्ठ थिए । याे टिमले ५० हजार रूपैयाँ नगद पाएका छन् । साथै, प्रमाणपत्रहरू पनि वितरण गरिएकाे थियाे । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको