नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड र आँखुखोला जलविद्युत कम्पनी लिमिटेडबीच कम्पनीको सञ्चालक समितिको निर्णयानुसार आफ्ना सेयरधनीहरुलाई १ः१.५ को अनुपातमा निकट भविष्यमा जारी गर्न लागिएको हकप्रद निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा तथा आफ्नो सेयर रजिष्ट्रारको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ ।
सम्झौतापत्रमा आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको तर्फबाट शेयर निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धि सम्झौतामा कम्पनीका अध्यक्ष राम श्रेष्ठ तथा सेयर रजिष्ट्रार सम्बन्धि सम्झौतामा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रतिक्षा शर्मा र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीबीच हस्ताक्षर सम्पन्न गरियो ।
काठमाण्डौंबाट करिब १३२ किलोमिटर टाढा धादिङ्ग जिल्लामा अवस्थित आँखुखोला बुढीगण्डकी नदीको प्रमुख सहायक नदीहरु मध्ये एक हो । आँखुखोलाको क्याचमेन्ट क्षेत्र करिब ६३३ किलोमिटर छ । औसत बार्षिक प्रवाह ५८.३८ क्युमेक अनुमान गरिएको छ । ३४.५ क्युमेकको डिस्चार्ज ४० प्रतिशत भन्दा बढी सम्भाव्यता भएको मानिएको छ । कम्पनीको विद्युत उत्पादन क्षमता ८.४ मेगावाट रहेको छ र उक्त उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जडान गरिएको छ ।
आज भएको उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले आँखुखोला जलविद्युत कम्पनी लिमिटेडका सेयरधनीहरुलाई हकप्रद सेयर निष्कासन सम्बन्धि कार्यका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट हकप्रद सेयर निष्कासनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस