Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान लघुवित्तको सेयर रजिष्ट्रारमा सनराईज क्यापिटल नियुक्त

अर्थ संसार

शुक्रबार, १२ साउन २०८०, १० : ३९ मा प्रकाशित

साना किसान लघुवित्तको सेयर रजिष्ट्रारमा सनराईज क्यापिटल नियुक्त

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड तथा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड आषाढ २४ गतेबाट मर्जर भई साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सञ्चालनमा आएको छ ।

एकिकृत कारोबार सञ्चालन भएपश्चात साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बबरमहल, काठमाडौंकोे सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंलाई नियुक्त गरिएको हो ।

उक्त कार्यको लागि कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत डा.नबराज सिम्खडा तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ द्धारा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको