Like us!
Follow us!
Connect us!
Watch us!

सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुखले दिए राजिनामा

अर्थ संसार

सोमबार, १५ साउन २०८०, १६ : ४० मा प्रकाशित

सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुखले दिए राजिनामा

सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुख रियाद सलामेहले सोमबार पदबाट राजीनामा दिने भएको छ । लेबनानको गहिरो विभाजित राजनीतिक वर्ग ७३ वर्षीय सलामेहको स्थानमा नयाँ व्यक्ति प्रतिस्थापन गर्न सहमति जुटाउन असफल भएको छ । यसले राजनीतिक सहमति बन्न नसक्दा राष्ट्रपति चयन गर्न असफल मुलुकमा कामचलाउ सरकारद्वारा शासन रहेको गभर्नरको अर्को शक्ति शून्यता सिर्जना भएको छ ।

करिब ३० वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका सलामेह लेबनानी राजनीतिक अभिजात्य वर्गका प्रमुख व्यक्तित्व हुन् । उनलाई देशको आर्थिक मन्दीका लागि मुख्यरूपमा दोषी ठह¥याइएको छ, जसले मुद्राको अवमूल्यन हुनुका साथै गरिबीको दर बढेको देखेको छ ।

आफ्नो विरासतको बचाउ गर्दै सलामेहले केही दिनअघि एक स्थानीय प्रसारकलाई आफूलाई सङ्कटका लागि ‘बलिको बोका’ बनाइएको बताएको थियो । लेबनानको बाँकी राजनीतिक वर्गले उनलाई ‘धेरै पहिले’ त्यागेको आरोप लगाएका थिए ।

लेबनानको कानुनअनुसार सलामेहको ठाउँमा केन्द्रीय बैंकका पहिलो उप गभर्नर वासिम मन्सुरीले बार्यबाहक गभर्नरका रूपमा जिम्मेवारी सम्हाल्ने प्रावधान रहेको छ । तर, यसै महिनाको सुरुमा चारै जना उपराज्यपालले राजीनामा दिने चेतावनी दिएका थिए ।

मन्सुरीले सोमबार पछि यो पद सम्हाल्ने वा नलिने भन्ने बारे घोषणा गर्ने अपेक्षा गरिएको थियो । भूमध्यसागरीय सानो देश ९लेवनान० विगत चार वर्षदेखि विश्व बैंकले आधुनिक इतिहासकै सबैभन्दा खराब मध्येको एकको संज्ञा दिएको आर्थिक सङ्कटको चपेटामा परेको छ ।

करिब ६० लाख जनसङ्ख्या भएको लेबनानको राजनीति अत्यन्त जटिल छ किनभने १८ वटा मुस्लिम र इसाई सम्प्रदायलाई मान्यता दिने स्वीकारोक्ति प्रणालीअन्तर्गत शक्ति बाँडफाँड गरिएको छ । लेबनानमा एक वर्षभन्दा बढी समयदेखि सीमित अधिकारसहितको कामचलाउ सरकारले शासन गर्दै आएको छ र नौ महिनादेखि राष्ट्रपतिविहीन छ ।

भ्रष्टाचार गरी अकुतरूपमा कमाएको सम्पत्ति देश तथा विदेशमा जम्मा गरेको आरोपमा सलामेहले दुई वर्षदेखि न्यायिक अनुसन्धानको विषय बन्नुपरेको छ । उनी फ्रान्स र जर्मनीको खोजीको सूचीमा छन् र इन्टरपोलले उनको गिरफ्तारीका लागि रेड नोटिस जारी गरेको छ, तर लेबनानले आफ्ना नागरिकहरूलाई सुपुर्दगी गर्दैन ।

एक युरोपेली कुटनीतिक स्रोतले एएफपीलाई बताएअनुसार सलामेहमाथि चाँडै नै पेरिसमा मुद्दा चलाइने छ । सन् २०२२ को मार्चमा फ्रान्स, जर्मनी र लक्जेम्बर्गले १२ लाख युरो ९१३ लाख ५० हजार अमेरिकी डलर० बराबरको सम्पत्ति जफत गरेका थिए ।

गत फेब्रुअरीमा लेबनानले पनि सलामेहमाथि भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीको आरोप लगाएको थियो । स्विट्जरल्यान्डका सरकारी अभियोजकले सलामेह र उनका भाइले ३० करोड अमेरिकी डलरभन्दा बढीको आर्थिक सहयोग गरेकोमा अनुसन्धान गरिरहेका छन् ।-रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको