Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको खुद नाफा घट्दा, ईपीएस ५७.४७ % ले घट्यो

अर्थ संसार

आइतबार, २१ साउन २०८०, १० : ११ मा प्रकाशित

कुमारी बैंकको खुद नाफा घट्दा, ईपीएस ५७.४७ % ले घट्यो

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  .

खुद नाफा 
समीक्षा अवधिमा बैंकको खुद नाफा घटेको देखिएको छ। बैंकको नाफा २४.१४ प्रतिशतले घट्दा बैंकले १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको देखिन्छ। अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी

बैंकको आफ्नो समिक्ष अवधिमा खुद ब्याज आम्दानी ७७.११ प्रतिशतले बढाएर ११ अर्ब १ करोड रुपैयाँ पुराएको छ। अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ६ अर्ब २१ करोड रुपैयाँ रहेको थियो। 

सञ्चालन मुनाफा

बैंकको सञ्चालन मुनाफा १५.२४ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा बैंकको संचालन मुनाफा ३ अर्ब ३ करोड रुपैयाँ मात्र रहेकोे छ। अघिल्लो आर्थिक वर्ष यस्तो मुनाफा ३ अर्ब ५७ करोड रुपैयाँ थियो।  

वितरणयोग्य मुनाफा

बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

खराब कर्जा अनुपात (एनपीएल) 

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) १.११ प्रतिशतबाट  बढेर ४.७७ प्रतिशत पुगेको छ। 

प्रतिसेयर आम्दानी (ईपीएस)

५७.४७ प्रतिशतले घटेर ७.४६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १७.५४ रुपैयाँ थियो।

पीई रेसियो

२२.१२ गुणा

प्रतिसेयर नेटवर्थ

१४०.४७ रुपैयाँ 

इम्पेयरमेन्ट चार्ज 

बैंकको खराब कर्जा बढ्दा प्रोभिजनका कारण इम्पेयरमेन्ट चार्ज बढेर ५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यहि अवधिमा बैंकको  इम्पेयरमेन्ट चार्ज  २१ करोड ८१ लाख रुपैयाँ रहेको थियो। 

रिजर्भ

११ अर्ब ३७ करोड रुपैयाँ(अघिल्लो वर्ष  ४ अर्ब ३२ करोड रुपैयाँ रहेको )

निक्षेप संकलन र कर्जा परिचालन

बैंकले ३ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको