Like us!
Follow us!
Connect us!
Watch us!

ईसेवाका सीईओले पाए "बिजनेस एक्सिलेन्स सर्टिफिकेट"

अर्थ संसार

आइतबार, २१ साउन २०८०, १२ : ०३ मा प्रकाशित

ईसेवाका सीईओले पाए "बिजनेस एक्सिलेन्स सर्टिफिकेट"

ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालालाई "वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस", ह्युस्टन, टेक्सस, अमेरिकाले प्रतिष्ठित "बिजनेस एक्सिलेन्स सर्टिफिकेट" बाट सम्मान गरिएको छ । 

रेमिट्यान्स उद्योगमा २० वर्षभन्दा बढी समर्पित सेवाका साथ कोइराला असल नेतृत्वको उत्कृष्ट नमुना पनि बनेका छन् । उनी "म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल" (MAN) अवार्ड २०२२ मा "म्यानेजर अफ द इयर" बाट पनि सम्मानित भएका थिए।

"वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस" ले विश्वभरका विभिन्न संस्थाहरूको व्यावसायिक उत्कृष्टतालाई द बिज अवार्ड, सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यापार पुरस्कार प्रदान गरेको थियो । वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस को मिशन विश्वव्यापी रूपमा व्यापार विकासलाई प्रवर्द्धन, बृद्धिलाई सहजीकरण र अग्रणी कम्पनीहरू र उद्यमीहरूको सफलतालाई मान्यता दिई, उनीहरुले प्रदान गर्ने सेवाहरूलाई विश्वभर चिनाउने एक माध्यम हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको