चन्द्रयान–३ चन्द्रमाको एक कदम नजिक पुगेको छ । चन्द्रयान–३ शनिबार चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले शनिबार ट्वीट गर्दै चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको जनाएको हो।
यसैबीच, केन्द्रीय मन्त्री जितेन्द्र सिंहले चन्द्रयान–३ को अवतरण आगामी एक साता वा दश दिनमा हुनसक्ने बताए । उनले यो मिसन सबै योजना अनुसार चलिरहेको बताएको भारतीय सञ्चारमाध्यम हिन्दूस्थान समाचारले लेखेको छ ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले ट्वीट गर्दै भनेको छ, “मोक्स, ईस्राक, यो चन्द्रयान–३ हो । म चन्द्रमाको गुरुत्वाकर्षण महसुस गरिरहेको छु ।”
भारतको तेस्रो चन्द्र अन्वेषण अभियान चन्द्रयान–३ जुलाई १४ मा आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धावन अन्तरिक्ष केन्द्रबाट जीएसएलभी मार्क ३ (एलभीएम–३) हेभी लिफ्ट प्रक्षेपण यानबाट सफलतापूर्वक प्रक्षेपण गरिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस