Like us!
Follow us!
Connect us!
Watch us!

औद्योगिक एवं व्यवसायिक वातावरण निर्माणका लागि सवै क्षेत्र जिम्मेवार हुनुपर्छः चेम्बर

अर्थ संसार

आइतबार, २१ साउन २०८०, १५ : ५४ मा प्रकाशित

औद्योगिक एवं व्यवसायिक वातावरण निर्माणका लागि सवै क्षेत्र जिम्मेवार हुनुपर्छः चेम्बर

मुलुकमा औद्योगिक एवं व्यवसायिक वातावरण सिर्जना गर्नका लागि सवै क्षेत्रको भूमिका उत्तिकै जिम्मेवार हुनुपर्ने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । 

पछिल्लो समय निजी क्षेत्र लक्षित केही भ्रामक समाचार फैलिएको र यसले उद्योगी व्यवसायीमा अनावश्यक भ्रम सिर्जना गरेको चेम्बरले उल्लेख गरेको छ ।

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको आर्थिक स्थायीत्वका लागि लगानीमैत्री वातावरण बन्न आवश्यक छ । निजी क्षेत्रमा भ्रम उत्पन्न गराउने गरी बेलाबखत आउने समाचारले अन्यौलता पैदा गर्दछ ,।’ 

सत्य, तथ्य र निश्पक्ष समाचारले अर्थतन्त्रको जग बलियो बनाउने र यसले निजी क्षेत्रको मनोबल उकास्ने चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । उद्योग र व्यवसायको विकास मार्पmत आर्थिक समृद्धि एवं लगानीको वातावरण निर्माण गर्नु सवै क्षेत्रको दायित्व भएको चेम्बरको ठहर छ ।  

मुलुकको आर्थिक विकासमा सञ्चार माध्यमको भूमिका अग्रणी रहेको चेम्बरले उल्लेख गरेको छ । सोही यथार्थलाई थप जिम्मेवारीका साथ निर्वाह गर्न समेत चेम्बरले आग्रह गरेको छ । सञ्चार माध्यमको निश्पक्षतालाई निजी क्षेत्रले पथप्रर्दशकका रुपमा ग्रहण गर्ने चेम्बरले जारी गरेको विज्ञप्तिमा जनाईएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको