Like us!
Follow us!
Connect us!
Watch us!

चेम्बर एक्स्पोको आठौं संस्करण माघ १७ देखि हुँदै

अर्थ संसार

सोमबार, १४ माघ २०८१, १७ : ४० मा प्रकाशित

चेम्बर एक्स्पोको आठौं संस्करण माघ १७ देखि हुँदै

काठमाडौंको भृकुटीमण्डपमा आगामी विहिबारदेखि नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’को शुरु हुँने भएको छ ।  

अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर र एआई प्रोेजेक्टसहित आठौं नेपाल एक्स्पो यहि माघ १७ देखि २१ गते ५ दिन सम्म सञ्चालन हुने भएको हो ।

स्थानीय उत्पादनहरूको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो २०२५ को आयोजना गरिएको चेम्बर अफ कमर्सले जनाएको छ ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले एक्स्पो गर्न लागेको हो । व्यापार अभिवृद्धि, स्थानीय बस्तुको बजारीकरणका लागि चेम्बरले प्रत्येक वर्ष एक्स्पो गर्दै आएको छ । 

एक्स्पोमा कृषिजन्य वस्तुहरु, हस्तकला, लत्ता कपडाका सामानहरु, अटो मोबाईल, इलेक्ट्रोनिक्स, होम एप्लायन्स, लोजिस्टीक्स, फर्निचर, गार्मेन्ट, लेदर, फुड एण्ड डेरी प्रोडक्ट आदी सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको छ ।

चेम्बर एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाईल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायतका देशहरुमा उत्पादित बस्तुहरुको प्रर्दशनी र व्यवसायीहरुले सहभागिता जनाउनेछन । स्वदेशी र विदेशी गरी १२५ भन्दा बढी स्टलहरु एक्स्पोमा राखिनेछन । पाँच दिन सम्म चल्ने एक्स्पो कम्तिमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक चाकुबजीले बताए । चेम्बर मेलामा व्युटी पार्टनरको रुपमा डीएचसी, इन्स्योरेन्स पार्टनरको रुपमा प्रभु इन्स्योरेन्स, इन्टरनेट पार्टनरको रुपमा वल्र्ड लिङ्क, तथा एजुकेशन पार्टनरका रुपमा सफ्टवेरिका कलेज सनवे कलेज रहेका छन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको