Like us!
Follow us!
Connect us!
Watch us!

सागर डिष्टिलरी आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अर्थ संसार

आइतबार, २१ साउन २०८०, १६ : ४८ मा प्रकाशित

सागर डिष्टिलरी आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

सागर डिष्टिलरी लिमिटेडद्वारा साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । 

मंगलबार आयोजित कार्यक्रममा सागर डिष्टिलरीका तर्फबाट अध्यक्ष संदिप जलान र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

सागर डिष्टिलरी लिमिटेडले कम्पनीको जारी पूँजीको १५ प्रतिशतले हुने ७,५०,००० लाख कित्ता सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो । सर्वसाधारण जनताको सहभागिता बढाउनको लागि १५ प्रतिशत आईपीओ निकाल्ने निर्णय गरेको कम्पनीका अध्यक्ष जलानले जानकारी दिए । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले आईपीओ निकाल्नेछ । 

नेपालमा गुणस्तरीय मदिरा उत्पादन र विक्री वितरण गर्न वि.सं. २०६९ सालमा सागर डिष्टिलरी लिमिटेडको संस्थापना भएको हो । यस कम्पनीको फ्याक्ट्री देवचुली, नवलपुरमा रहेको छ । उपभोक्ताको स्वाद र स्वास्थ्यलाई उच्च महत्व दिँदै सागर डिष्टिलरीले मदिराजन्य उत्पादनहरु तयार पार्दछ । गुणस्तरीयता नै सफलताको प्रतीक रहने कुरामा सागर डिष्टिलरी विश्वास राख्दछ । खासगरी सागर डिष्टिलरीद्वारा उत्पादित ब्राण्डहरु रोयल ब्लू, ग्रे वुल्फ र बेरिज ब्लूले गुणस्तरसँग कुनै सम्झौता नगर्ने अठोटलाई प्रतिबिम्बित गर्दछन् । 

सागर डिष्टिलरीको रोयल ब्लूले ह्वीस्कीको अत्यधिक राम्रो स्वाद प्रस्तुत गर्दछ भने ग्रे वुल्फ प्लाटिनम फिल्टर सहितको लोकप्रिय भोड्का हो जुन प्रतिस्पर्धीमूलक मूल्यमा बजारमा उपलब्ध छ । सागर डिष्टिलरीद्वारा उत्पादित जीन, बेरिज एण्ड ब्लूजको स्फूर्तिदायी स्वादले भने हिमनदीको पानी र हिमाली वनस्पतिको मिश्रणको बेजोड स्वाद प्रस्तुत गर्दछ ।

बजारमा मदिरा उत्पादन र विक्री वितरणमा उल्लेखनीय प्रतिस्पर्धा रहेको हुँदा मदिराको गुणस्तरले ठूलो महत्व राख्दछ । यसै चुनौतीका बीच बजारमा स्थापित विभिन्न ठूला उत्पादकहरुको माझ उभिएको सागर डिष्टिलरीले उल्लेखनीय प्रविधिको माध्यमबाट आफ्नो मौलिकता कायम गर्नुका साथै बजारमा रहेका उपेक्षित अन्तरहरुलाई पूर्ति गरी बजारको माग बमोजिमको उत्पादन ल्याउने उद्देश्य राखेको छ । 

प्रतिष्ठित व्यक्तिहरुको मागलाई मध्यनजर गर्दै सागर डिष्टिलरीले प्रिमियम ह्वीस्की बजारमा ल्याउने तयारी गरिरहेको छ । यसका साथसाथै सागर डिष्टिलरीले दीर्घकालीन रुपमा मौलिक परम्परामा आधारित नेपाली मदिराको निर्यात गर्ने लक्ष्यका साथ व्यवसायीक उत्पादन कार्यलाई अघि बढाइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको