Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको नाफासँगै घट्यो ईपीएस, अन्य सूचक कस्ता छन् ?

अर्थ संसार

सोमबार, २२ साउन २०८०, १३ : ४८ मा प्रकाशित

ज्योति विकास बैंकको नाफासँगै घट्यो ईपीएस, अन्य सूचक कस्ता छन् ?

ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

नाफा

उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म बैंककाे खुद नाफा ५५ करोड ३२ लाख रुपैयाँमा सिमित भएको छ । उक्त नाफा रकम अघिल्लाे वर्षकाे तुलनामा १७.४३ प्रतिशतले थोरै हाे । अघिल्लाे वर्षको यसै अवधिमा बैंकले ६७ करोड १ हजार रुपैयाँ खुद नाफा कमाएकाे थियो।

व्याज आम्दानी

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी भने १६.९१ प्रतिशतले बढेर २ अर्ब ३६ करोड ८९ लाख १६ हजार रूपैयाँ पुगेकाे छ । अघिल्लाे वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी २ अर्ब २ करोड ६२ लाख ४५ हजार रूपैयाँ रहेकाे थियाे ।

सञ्चालन मुनाफा

चाैथाे त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा १७.२७ प्रतिशतले घटेर ७९ करोड २८ हजार रूपैयाँमा सिमित भएकाे छ । अघिल्लाे वर्ष बैंककाे सञ्चालन मुनाफा ९५ करोड ४९ लाख २८ हजार रुपैयाँ रहेको थियो ।   

वितरणयोग्य नाफा

बैंककाे वितरणयोग्य नाफा  २१.४९ प्रतिशतले घटेर २२ करोड ७८ लाख ८९ हजार रुपैयाँमा सिमित भएकाे छ । 

चुक्ता पुँजी

बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ रहेकाे छ ।

जगेडा कोष

जगेडा कोषमा १ अर्ब ४१ करोड २४ लाख २१ हजार रुपैयाँ सञ्चित रहेको छ ।

प्रतिसेयर आम्दानी

बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) ३ रूपैयाँ १२ पैसाले घटेर १२ रूपैयाँ ५८ पैसामा घटेकाे छ ।

प्रतिसेयर नेटवर्थ

बैंककाे प्रतिसेयर नेटवर्थ १३७ रूपैयाँ ३२ पैसा रहेकाे छ ।

खराब खर्जा (एनपीएल)

२.८६%

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको