Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको वित्तीय चिरफारः २१.२५ प्रतिशतले बढ्यो नाफा, ईपीएस कति?

अर्थ संसार

मंगलबार, २३ साउन २०८०, १२ : २२ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको वित्तीय चिरफारः २१.२५ प्रतिशतले बढ्यो नाफा, ईपीएस कति?

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

नाफा 

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म लघुवित्तले ३३ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ । उक्त नाफा रकम अघिल्लो वर्षको तुलनामा २१.२५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले २७ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सञ्चालन मुनाफा

चौथो त्रैमाससम्म लघुवित्तको सञ्चालन मुनाफा १०.६९ प्रतिशतले घटेर ५२ करोड ५० लाख रूपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको सञ्चालन मुनाफा ५८ करोड ७९ लाख ७५ हजार रुपैयाँ रहेको थियो । 

खुद व्याज आम्दानी

समिक्षा अवधिसम्म लघुवित्तको खुद व्याज आम्दानी भने ८.१९ प्रतिशतले घटेर १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसै अवधिमा लघुवित्तको खुद व्याज आम्दानी १ अर्ब ६९ करोड रुपैयाँ थियो। 

चुक्ता पुँजी

चुक्तापुँजी १ अर्ब २९ करोड बढी रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी (ईपीएस)

लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २६.३० रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षमा सो अवधिसम्म २४.९४ कायम थियो । गत वर्षको तुलनामा ५.४३ प्रशितले बढेको हो ।

प्रतिसेयर नेटवर्थ

लघुवित्तको प्रतिसेयर नेटवर्थ २५२ रूपैयाँ ४६ पैसा रहेको छ । गत वर्षमा यो अवधिसम्म २६५.१३ रूपैयाँ रहेको थियो । गत वर्षको तुलनामा ४.७८ प्रतिशतले घटेको हो । 

खराब खर्जा (एनपीएल)

८.६६

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको