Like us!
Follow us!
Connect us!
Watch us!

गुटशट स्नुकर टुर्नामेन्ट–२०२३ उपाधि जित्न सफल भए लाक्पा छिरीङ शेर्पा

अर्थ संसार

बुधबार, २४ साउन २०८०, १० : ५६ मा प्रकाशित

गुटशट स्नुकर टुर्नामेन्ट–२०२३ उपाधि जित्न सफल भए लाक्पा छिरीङ शेर्पा

गुटशट स्नुकर एण्ड रेष्टुरेन्ट द्धारा आयोजित ‘गुटशट स्नुकर टुर्नामेन्ट–२०२३’ को दोस्रो खेल सम्पन्न भएको छ । गुटशट स्नुकर एण्ड रेष्टुरेन्टको खेल स्टेशनमा आइतबारदेखि सञ्चालन भएको स्नुकर टुर्नामेन्टको खेल सोमबार सम्पन्न भएको हो । 

उक्त प्रतियोगितामा लाक्पा छिरीङ शेर्पाले प्रथम स्थान हासिल गरेका थिए भने वाङदी शेर्पा र शक्ति राइ द्वितीय र तृतीय भएका थिए। बिजेताहरुले क्रमशः २५, १५ र १० हजार सहित  शिल्ड र मेडल समेत प्राप्त गरेका थिए।  

काठमाडौंको कपनस्थित गुटशट स्नुकर एण्ड रेष्टुरेन्टले ‘स्नुकर टुर्नामेन्ट टुर्नामेन्ट–२०२३’ आयोजना गरेको थियो । 

टुर्नामेन्टमा २८ जना स्नुकर खेलाडीहरुको सहभागिता रहेको आयोजक लाक्पाडेण्डी शेपाले जानकारी दिए। आयोजक शेर्पाका अनुसार स्नुकर खेलमा नयाँ अनुभव र खेलाडीहरु बीच एकअर्कामा परिचयात्मक गर्ने उद्धेश्यले टुर्नामेन्ट आयोजना गरेको बताए । इन्डोर गेमतर्फ विश्वव्यापीरुपमा ख्याती आर्जन गरेको स्नुकरप्रति युवा खेलाडीको अभिरुची बढेको कारणले प्रतियोगिताको आकर्षण बढ्दै गएको उनले बताए।  

स्नुकर टुर्नामेन्टमा उत्साहपुर्ण खेलाडीहरुको सहभागिता रहेका थियो । शेर्पाले यो दोस्रो टुर्नामेन्ट भएको र आगामी दिनमा खेललाई निरन्तरता दिने समेत बताएका छन् । यस गुटशट स्नुकर केहि वर्ष अधिदेखि व्यवसायिक रुपमा सञ्चालन हुँदै आएको छ । स्नुकर प्ले जोनमा खेलसंगै ब्यवस्थित रुपमा होटल पनि सञ्चालनमा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको