Like us!
Follow us!
Connect us!
Watch us!

माण्डु हाइड्रोपावरको पहिलो चरणको आईपीओ आज बन्द हुने

अर्थ संसार

शुक्रबार, २६ साउन २०८०, ०८ : ३८ मा प्रकाशित

माण्डु हाइड्रोपावरको पहिलो चरणको आईपीओ आज बन्द हुने

माण्डु हाइड्रोपावर लिमिटेडले पहिलो चरणको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आज अर्थात साउन २६ गते सम्म मात्र आवेदन दिन सक्नेछन।  पहिलो चरण मै  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि यस आइपिओ प्रिमियममा निष्काशन भएको हो। अर्थात प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरिएको कम्पनीले दिएको छ। 

कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता  सेयरका लागि ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नं १ र २, मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा नं ५,६, ७ र ८ तथा ईन्द्र सरोबर गाउँपालिका वडा नं ३ का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

तेस्तै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले १ लाख ३६ हजार ३६४ कित्ता साधारण सेयर प्रतिकित्ता २०६ रुपैयाँमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि साउन ११ गते अन्तिम दिन रहेको थियो । 

कति दिने आवेदन ?

यो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।

कहिलेसम्म दिने आवेदन ?

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका अब  साउन २६ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ११ (आज )गतेभित्र आवेदन दिनु पर्नेछ। 

को हो बिक्री प्रबन्धक ?

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कहाँबाट दिने आवेदन ?

स्थानीय बासिन्दाले आयोजना स्थल, कुमारी बैंक, प्रभु बैंक तथा प्रभु क्यापिटलका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै प्रभु क्यापिटलले निर्माण गरेको अनलाईन लिङ्क=मार्फत पनि आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा  ‘मेरो सेयर’ प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

रेटिङ ?

 इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

प्रोजेक्ट र लागत 

कम्पनीले निर्माण गरि२२ मेगावाटको मागमती साना जलविद्युत आयोजना अहिले सञ्चालनमा रहेको  छ।  यस आयोजनाको कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ। प्रतिमेगावाट कुल लागत १८ करोड २७ लाख रुपैयाँ देखिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको