प्राविधिक विश्लेषक सन्दिप कुमार चौधरी हिजाेबाट एक विवादमा मुछिएका छन् । सन्दीप कुमार चौधरीले रूपक बुढाथोकीलाई वैदेशिक रोजगारीको लागि फ्रान्स पठाइदिन्छु भन्दै दुई लाख ५५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेका भन्दै हिजाे विभिन्न सञ्चार माध्यममा समाचार सम्प्रेषण भए ।
अनेकाैँ कम्पनी सञ्चालनमा रहेका चाैधरीकाे एउटा ट्राभलसँग सम्बन्धी कम्पनी पनि छ । उनी यात्रा फर फन नामक कम्पनीका सञ्चालक हुन् । याे कम्पनीले भिजिट भिषामा निश्चित समयकाे लागि विदेश घुम्न पठाउने गरेकाे छ । त्यसका लागि हालसम्म उक्त कम्पनीकाे माध्यमबाट टिकट काटेर अन्य राष्ट्रमा जाने नागरिककाे संख्या धेरै छ । हालै मात्र एक जना चाैधरीकै कम्पनीबाट भिजिट भिषामा फ्रान्स गए । चाैधरीका अनुसार नेपालबाट इमिग्रेसन पास भएर फ्रान्स गएका उनलाई फ्रान्सको इमिग्रेसनले नेपालमा फिर्ता पठायाे । त्यसपछि आफ्नाे बदनाम गर्ने किसिमले उजुरी दिइएकाे चाैधरी बताउँछन् ।
सञ्चार माध्यममा उल्लेख गरिए जसरी आफू जेल बसेकाे सत्य नरहेकाे उनी बताउँछन् । सामान्य प्राेसिड्युर (औपचारिक प्रक्रिया) का लागि प्रहरीले साेधपुछका लागि लगेकाे र साेधपुछ सक्क्याएर आफू हिजै फर्किएकाे उनले बताए । आफूले कुनै ठगी नगरेकाे उनले बताएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस