Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर लोहोरे हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै, ११ लाख ४७ हजारकाे हात खाली हुने निश्चित

अर्थ संसार

सोमबार, २९ साउन २०८०, १० : २९ मा प्रकाशित

अप्पर लोहोरे हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै, ११ लाख ४७ हजारकाे हात खाली हुने निश्चित

अप्पर लोहोरे हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) आज सोमबार बाँडफाँड हुँदैछ । निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओ आज साँझ ५ बजे बत्तीसपुतलीमा हुनेछ ।

कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशतले १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर सर्वसाधारण लागि छुट्याएको थियो। जसमध्य १ लाख ९८ हजार ८२४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशिक राजोगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरियो भने  ३९ हजार ७६५ कित्ता  कर्मचारीहरुका लागि र ९९ हजार ४१२ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ । कम्पनीले आयोजना प्रभाविन क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर पनि सर्वसाधारणका लागि थप गरी निष्कासन गरेकाे थियाे ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १३ लाख ४३ हजार २६ जना लगानीकर्ताले कुल १ करोड ५१ लाख ३२ हजार २ सय १० कित्ताको लागि आवेदन दिएका छन् । जुन मागभन्दा ७.७४ गुणा बढी आवेदन हाे । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी १ लाख ९५ हजार ३ सय २७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख ४७ हजार ६९९ जनाको भने हात खाली हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको