Like us!
Follow us!
Connect us!
Watch us!

खल्ती मार्फत ‘रोड टु ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर, रियाध, २०२३’ को  रजिष्ट्रेसन गर्न सकिने

अर्थ संसार

सोमबार, २९ साउन २०८०, ११ : २५ मा प्रकाशित

खल्ती मार्फत ‘रोड टु ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर, रियाध, २०२३’ को  रजिष्ट्रेसन गर्न सकिने

खल्तीले  ई स्पोर्ट्स गेमिंग प्रति बढ्दो रुचिलाई मध्यनजर गर्दै नेसा र ग्लोबल इस्पोर्ट  गेम्सको सहकार्यमा ‘रोड टु  ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर’ गेमिङ्ग टुर्नामेंटको  रजिष्ट्रेसन सुविधा उपलब्ध गराउने भएको छ।  सो रजिष्ट्रेसन सुविधा यही श्रावण २४ देखि श्रावण ३० गतेसम्मको लागि उपलब्ध हुनेछ। 

श्रावण  ३० देखि सुरु हुने यस टुर्नामेंटमा डोटा २, पब जी,  स्ट्रिट फाईटर र ई फुटबल गरी चारवटा गेमहरू रहेका छन्। ई स्पोर्ट्स गेमिंगमा रुचि भइका र खेल्न इच्छुक सि सुकैले पनि खल्ती मार्फत  रजिस्ट्रेसन गरी निशुल्क सहभागिता जनाउन सक्नेछन्| प्रतियोगीहरले गेमको नियमहरुमा सिमित रहेर प्रतिस्पर्धा गर्नेछन।  सहभागी मध्ये डोटा २ र  पब जी तर्फ १ -१ टिम साथै स्ट्रिट फाईटर र ई फुटबल तर्फ १ - १ प्रतिस्प्रधि नेसनल क्वालीफायरका बिजेता बन्नेछन्। क्वालीफायरका बिजेताहरू साउदी अरेवीयामा हुने अन्तराष्‍ट्रिय ई स्पोर्ट्स गेमिंग टुर्नामेंटमा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।

यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन् , “हामीले ‘खल्ती’ लाई डिजिटल वालेटको रूपमा मात्र नभएर ट्रेन्डि र  लाइफ स्टाइल ब्रान्डको रूपमा प्रस्तुत गर्दै आईरहेका छौं । हामीले आफ्ना प्रयोगकर्ताहरुलाई  आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गर्न विभिन्न कार्यक्रमहरुको रजिष्ट्रेसन सुबिधाहरू पनि उपलब्ध गराउदैँ आएका छौँ, त्यसै अनुरुप हामीले  यस ई-स्पोर्ट्स गेमिंगको दर्ता सेवा उपलब्ध गराएका हौँ। यस सुविधाले खल्ती प्रयोगकर्ताहरूमा थप उत्साह प्रदान गर्ने कुरामा हामी विस्वस्त छौँ “

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको