Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीले ल्यायो ‘स्मार्ट डिपोजिट’ सुविधा,मोबाइलबाटै बचत गर्न सकिने

अर्थ संसार

मंगलबार, १० असार २०८२, १३ : ४९ मा प्रकाशित

खल्तीले ल्यायो ‘स्मार्ट डिपोजिट’ सुविधा,मोबाइलबाटै बचत गर्न सकिने

नेपालमा पहिलो पटक डिजिटल वालेटमार्फत रिकरिङ डिपोजिट (आरडी) खाता खोल्न सकिने सुविधा सुरु गरिएको छ।

खल्तीले मञ्जुश्री फाइनान्ससँग सहकार्य गरी ‘स्मार्ट डिपोजिट’ नामक नयाँ सेवा सार्वजनिक गरेको हो।

अब खल्ती प्रयोगकर्ताले मोबाइल एपमार्फत दैनिक, साप्ताहिक वा मासिक रूपमा निश्चित रकम बचत गर्न सक्नेछन्। बचतको अवधि ६ महिनादेखि ५ वर्षसम्म राख्न सकिनेछ भने न्यूनतम १०० रुपैयाँबाट बचत सुरु गर्न सकिने व्यवस्था छ।यस खातामा मञ्जुश्री फाइनान्सले निर्धारण गर्ने मासिक ब्याजदर लागू हुनेछ। प्रयोगकर्ताले आफ्नो डिपोजिटको अवस्थालाई खल्ती एपमै सजिलै हेर्न सक्नेछन् भने जम्मा भएको रकम मञ्जुश्री फाइनान्सको खातामा रहनेछ।

खल्तीका बिजनेस पार्टनरसिप प्रमुख बसन्त दाहालका अनुसार, यो सेवा बचत गर्ने बानी बसाल्न र डिजिटल पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। मञ्जुश्री फाइनान्सका सीईओ तेजराज तिमिल्सिनाले पनि यो सहकार्यले बैंक जानुपर्ने झन्झट घटाउने र सेवाको पहुँचलाई थप व्यापक बनाउने विश्वास व्यक्त गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको