Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीबाट नाडा अटो शो २०२३ को टिकट काट्दा २०% क्यास ब्याक पाइने

अर्थ संसार

सोमबार, १८ भदौ २०८०, ११ : ४४ मा प्रकाशित

खल्तीबाट नाडा अटो शो २०२३ को टिकट काट्दा २०% क्यास ब्याक पाइने

खल्तीले "नाडा अटो शो २०२३ " सँग एक मात्र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ । यस साझेदारी पश्चात् अब खल्ती प्रयोगकर्ताले ‘नाडा अटो शो २०२३’ को  टिकट खल्ती मार्फत खरिद गरि एक्स्पोमा सहभागी हुन सक्नेछन् । भाद्र २६ देखि भाद्र ३१  सम्म हुन गइरहेको यस एक्स्पो मा  विद्यार्थी वर्गले रु १५०  र अरुले रु २०० भुक्तानी गर्नुपर्ने टिकट शुल्कमा खल्ती मार्फत टिकट काट्दा २०% क्यास्ब्याक प्राप्त गर्न सक्नेछन्।

आयोजकका अनुसार यस वर्ष नाडा अटोमा १७ वटा चारपाङ्ग्रे, २३ वटा दुई पाङ्ग्रे, ६ वटा कमर्सियल भेहिकल कम्पनी, पाँच वटा बैंक तथा फाइनान्स कम्पनी र ३१ वटा स्पेयर पार्टस, लुब्रिकेन्ट र एसेसरिज गरी ८२ कम्पनीले आफ्ना उत्पादन प्रदर्शनी गर्नेछन्। 

यसका साथै सहभागीहरूले खल्तीको स्टल अवलोकन गरि खल्तीको विभिन्न अफर्सहरुको बारे सम्पूर्ण जानकारी प्राप्त गर्नेछन् र खल्तीमा उपलब्ध अन्य रोचक खेलको मज्जा पनि लिन सक्नेछन्।

यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्  , “हामी  नाडा अटो शो २०२३ सँग एक्सक्लुसिभ टिकटिङ्ग पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा निकै खुशी छौं । हाम्रो डिजिटल टिकटिङ्ग सुविधाले प्रदर्शनी स्थलमा भिंड कम गरि भ्रमणकर्ताहरूलाई सहज बनाउने र प्रदर्शनीलाई अझै सफल बनाउने कुरामा हामी बिश्वस्त छौं  साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्नकालागि २० % क्यास्ब्याक पनि प्रदान गरेका छौं।”




 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको