Like us!
Follow us!
Connect us!
Watch us!

मह जोडीको ‘मह जात्रा’, 'खल्ती' बाट टिकट बुकिङ खुल्ला

अर्थ संसार

शुक्रबार, ११ असोज २०८१, १७ : ४४ मा प्रकाशित

मह जोडीको ‘मह जात्रा’, 'खल्ती' बाट टिकट बुकिङ खुल्ला

नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले सुश्री मिडिया सँग सहकार्य गर्दै मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ नामक प्रहसनको एक मात्र टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ।

‘मह जात्रा’ नेपाल प्रज्ञा प्रतिस्थान, कमलादीमा कार्त्तितक २९ देखि प्रदर्शन हुनेछ । खल्ती प्रयोगकर्ताहरूले यस हास्यव्यङ्ग्य प्रहसनको टिकट खल्ती एप वा वेबसाइट मार्फत सजिलै खरिद गर्न सक्नेछन् ।

यस प्रहसनमा महका मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ।

‘नाता’ , ‘सालिक’ , ‘नेपाल बन्द’, ‘मह दोहोरी’ जस्ता अनेकौँ सदाबहार प्रहसन गरिसेकेको यो जोडीको यस ‘मह जात्रा’ प्रहसन पनि भव्य रहने खल्तीले जनाएको छ । यो प्रहसनले पुरानै शैलीमा समसामयिक विषय उठाउँदै हास्यव्यङ्ग्य रसको प्रयोग गरी सामाजिक, सांस्कृतिक र राजनीतिक सचेतना फैलाउने निश्चित रहेकाे कम्पनीकाे दाबी छ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खुसी व्यक्त गर्दै भने,“ विभिन्न कन्सर्ट, कार्यक्रम, मुभी जस्ता युवा मैत्री मनोरञ्जन को टिकटिङ मा अग्रणी भूमिका खेल्दै आएको यस खल्ती र निरन्तर पाँच दशक देखि हँसाउँदै र व्यङ्ग गर्दै समाजमा कला र सचेतनामा महत्त्वपूर्ण भूमिका खेल्नुभएका मह जोडीको प्रहसन एक साथ जोडिँदा हामी अत्यन्त उत्साहित छौँ। सामाजिक सेवाको उद्देश्यका साथ गरिएको यस प्रहसनका लागि खल्ती प्रयोगकर्ताहरूले घरै बसी बिना कुनै झन्झट, सहज ढङ्गले टिकट खरिद गर्न सक्नेछन् । यस अनलाइन टिकटिङ सुविधा बाट सबैले लाभ लिनुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ। ”

खल्तीका देशभरिमा ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, एक लाख + एजेन्ट, ६० हजार + मर्चेन्ट व्यवसायी, ५५+ बैंक तथा वित्तीय संस्था, १५००+ सहकारी र ३००+ कर्मचारी रहेका छन्। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको