Like us!
Follow us!
Connect us!
Watch us!

मलमास सकिएसँगै नयाँ लगानी थप्ने मनस्थितीमा मारवाडी समुदाय, सेयर कारोबार बढ्न सक्ने

अर्थ संसार

शुक्रबार, ०१ भदौ २०८०, ०८ : ३५ मा प्रकाशित

मलमास सकिएसँगै नयाँ लगानी थप्ने मनस्थितीमा मारवाडी समुदाय, सेयर कारोबार बढ्न सक्ने

साउन २ गतेदेखि सुरु भएको अधिकमास अर्थात् मलमास समाप्त भयो । 

यहाँ एक्कैछिन हामी मलमासको बारेमा चर्चा गरौँ । मास भन्नाले महिना जनाउँछ । त्यसैले मलमासलाई अधिक मास पनि भनिन्छ । भगवान् विष्णु अर्थात् पुरुषोत्तम​को आराधना गरिने भएकाले मलमासलाई पुरुषोत्तम महिना पनि भन्ने गरिएको छ ।

मलमास खगोल विज्ञानसँग सम्बन्धित छ । सूर्यको गति र चन्द्रमाको गतिको आधारमा गणना गरेर मलमासको हिसाबकिताब निकालिन्छ । मलमास प्रत्येक तीन वर्षमा एक पटक आउँछ ।

मलमासलाई धार्मिक विश्वास र पौराणिक आस्थासँग जोडेर हेरिने भएकाले मलमासको समयमा कतिपय कामहरू गर्न निषेध गरिएको हुन्छ । मलमासमा सधैं गरिने नित्यकर्म र नगरी नहुने कार्यबाहेक अरू कार्यहरू गर्न निषेध गरिन्छ । यसका अलावा केही नयाँ काम सुरू गर्नु पनि मलमासकाे समयमा शुभ मानिँदैन ।

अब मलमासलाई सेयर बजारसँग जोडेर हेरौँ । सेयर बजार भन्ने बित्तीक्कै कारोबार भन्ने वाक्य त छुटाउनै मिल्दैन । सेयर बजारमा लगानीकर्ताहरूले हरेक दिन नयाँ–नयाँ कारोबार गर्ने गर्दछन् । मलमासलाई पूर्ण रुपमा बार्ने व्यक्तिहरूले मलमासको अवधिमा खासै कारोबार पनि गर्दैनन् । अझ विशेषगरी मारवाडी समूदायले मलमास जस्ता धार्मिक आस्थाहरूलाई विशेष महत्वका साथ हेर्ने गर्दछन् । 

यो मलमासको अवधिमा माडबारी समूहहरूले खासै ठूलो कारोबार नगर्ने हुँदा अब मलमास सकिएसँगै कारोबार रकम बढ्ने प्रक्षेपण गरिएको छ ।

'मलमासको बेलामा हामी नयाँ घर बनाउँदैनौं, गृहप्रवेश गर्दैनौँ, विवाहको कुरै समेत गर्न मिल्दैन। ऋण लिने, नयाँ प्रोजेक्ट सुरु गर्ने, लगानी थप्ने जस्ता कामहरु पनि मलमासको बेलामा खासै गरिँदैन। मलमासको बेलामा गरिने आर्थिक लेनदेन राम्रो हुँदैन भन्ने विश्वाश छ। त्यसैले यो बेलामा मारवाडी समूदायले सेयर बजारमा पनि नयाँ लगानी थपेन जस्तो मलाई लाग्छ', मारवाडी समूदायका एक ठूलै लगानीकर्ताले अर्थसंसारलाई बताए।  

'अब मलमास सकियो, नयाँ लगानी भित्रिन्छ; म आफै पनि लगानी थप्ने योजनामा छु', उनले बताए। 

मलमासमा गरिएको लगानीले खासै प्रतिफल नदिने जनविश्वाश रहेको छ। मलमास सकिए लगत्तै आर्थिक गतिविधिहरु बढ्ने, नयाँ घर निर्माणका कामहरु अघि बढ्ने, घरजग्गाको कारोबार बढ्ने, नयाँ व्यापार व्यवसाय बढ्ने र ऋणको माग पनि बढ्ने सम्भावना देखिएको छ। यतिबेला धेरैजसो बैंकहरु आवास कर्जा, हायर पर्चेज कर्जा र सेयरधितो कर्जामा आक्रामक भईरहेका छन्। ति क्षेत्रमा जाने ऋणको प्रवाह बढ्दै जाने र अर्थतन्त्र चलायमान हुँदै जाने अपेक्षा गरिएको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको