Like us!
Follow us!
Connect us!
Watch us!

काँग्रेसको घोषणापत्र आज सार्वजनिक हुने

सोमबार, १३ कार्तिक २०७४, २१ : २८ मा प्रकाशित

काँग्रेसको घोषणापत्र आज सार्वजनिक हुने

अर्थ संसार, काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रीत गरेर प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले मंगलबार पार्टीको घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

संविधान कार्यान्वयनको नेतृत्व नेपाली काँग्रेसले नै गर्न सक्छ र त्यसका लागि लोकतान्त्रिक शक्तिहरुको एकता र सहकार्य नै प्रमुख आधार रहेको घोषणापत्रमा समेटिएको काँग्रेसले जनाएको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलकाअनुसार  घोषणापत्र तयार भएको र मंगलबार सार्वजनिक गरिने छ । कुल ८४ पुष्ठमा समेटिएको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता बढाउनेदेखि आर्थिक समृद्धिका विभिन्न योजना समेटिएको छ ।

घोषणापत्रमा राजनीतिक स्थायित्व र विकासका लागि काँग्रेस नै खास अर्थमा नेतृत्व गर्न सक्ने शक्तिका रुपमा औल्याइएको छ । उसले आगामी पाँचवर्षभित्र मुलुकको अर्थतन्त्रको आकार उल्लेख्य रुपमा वृद्धि गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको