Like us!
Follow us!
Connect us!
Watch us!

७५ नम्बर ब्रोकर मेगा स्टक मार्केट्सको भव्य उद्घाटन, आइतबारबाट कारोबार गर्ने

अर्थ संसार

शनिबार, ०९ भदौ २०८०, ०९ : ०६ मा प्रकाशित

७५ नम्बर ब्रोकर मेगा स्टक मार्केट्सको भव्य उद्घाटन, आइतबारबाट कारोबार गर्ने

मेगा स्टक मार्केट्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको अनुमति, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट धितोपत्र दलाल सदस्य नं ७५ र सिडिएस एण्ड क्लियरिङ्ग लि.को राफसाफ सदस्यता लिई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवसरमा पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा प्रारम्भ गर्नका लागि विधिवत समुद्घाटन समारोह मिति २०८० भाद ८ गते सु–सम्पन्न गरेको छ ।

होटल एलोफ्तमा आयोजना भएको उक्त समारोहको अध्यक्षता कम्पनीका अध्यक्ष प्रा.डा गोविन्द नेपालले गरेका थिए भने समुद्घाटन प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष ररमेश कुमार हमाल र विशेष अतिथि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेबाट संयुक्त रुपमा भएको थियो ।

विशेष अतिथिको रुपमा नेपाल स्टक एक्सचेञ्ज लि.का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीज्यू सहभागी थिए । उक्त समारोहमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि., नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. तथा एनआइएमबी एस क्यापिटल लि.का सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो । 

कम्पनीले सुशासन, नियमपरिपालना, उच्च प्रविधिको प्रयोगबाट लगानीकर्ताहरुलाई छिटो र सरल ग्राहक मैत्री सेवा दिने प्रतिबद्घता व्यक्त गरेको छ । धितोपत्र दलाल सेवालाई विकेन्द्रिकरण गर्ने तथा पूँजीबजारको विकासलाई टेवा पु-याउँदै कम्पनीलाई शिर्ष धितोपत्र व्यवसायी बनाउनेमा केन्द्रित रहने जानकारी समेत गराईएको थियो । उपस्थित प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुले कम्पनीलाई सफलताको शुभकामना दिँदै लगानीकर्ताको हकहित संरक्षणमा केन्द्रित हुने, पूँजीबजारको बिकासमा टेवा पु-याउने विश्वास समेत व्यक्त गरेका छन्। 

२०८० भाद १० गतेका दिनबाट लगानीकर्ताहरुले ब्रोकर खाता खोली कम्पनीबाट आफ्नो कारोबार गर्न सक्नेछन् । सोका लागि https://tms75.nepsetms.com.np/login मा लगइन गर्नु पर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको