Like us!
Follow us!
Connect us!
Watch us!

एसिया कप आजदेखि : विश्व नम्बर एक पाकिस्तानको सामना गर्दै नेपाल

अर्थ संसार

बुधबार, १३ भदौ २०८०, ०८ : ०३ मा प्रकाशित

एसिया कप आजदेखि : विश्व नम्बर एक पाकिस्तानको सामना गर्दै नेपाल

नेपालले एसिया कपको उद्घाटन खेलमा आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । नेपाल र पाकिस्ताानबीचको खेल दिउँसो ३ः१५ मा मुल्तान क्रिकेट रंगशालामा क्रिकेट हुने भएको हो ।

नेपालले विश्व एक दिवसीय नम्बर एक टिम पाकिस्तानसँग पहिलो पटक सामना गर्दैछ। पाकिस्तानी टोलीमा विश्व नम्बर एक ब्याटसम्यान बाबर आजम र विश्व नम्बर ९ बलर शाहिन शाह अफ्रिदी जस्ता विश्वका उत्कृष्ट ब्याटर र बलर रहेको छ। 
 
नेपालको कप्तानी रोहित पौडेल र पाकिस्तानको बाबर आजमले गर्नेछन् ।

नेपाल दोस्रो पटक एसिया कपमा चुनिए पनि पहिलो पटक आफ्नो सहभागिता जनाउदै छ।  नेपाल भारत र पाकिस्तानको समूहमा रहेकाले छ। नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ मा श्रीलंकामा खेल्नेछ ।

पाकिस्तानको नेपालसँग खेल्ने सम्भावित टिम 
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान(विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद ९विकेटकिपर० र मौसम ढकाल 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको