Like us!
Follow us!
Connect us!
Watch us!

ह्याम्स हस्पिटलले विमानस्थलभित्र नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने

अर्थ संसार

बुधबार, १३ भदौ २०८०, ११ : ५० मा प्रकाशित

ह्याम्स हस्पिटलले विमानस्थलभित्र नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र ह्याम्स हस्पिटलबीच विमानस्थलमा नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने  विषयमा सम्झौता भएको छ।

विमानस्थल सञ्चालनका क्रममा आइपर्ने आपतकालीन स्वास्थ्य सेवा र यात्रु तथा कर्मचारीहरूलाई जुनसुकै समयमा पर्ने आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्न उच्चस्तरीय क्लिनिक स्थापना गरी सञ्चालन गर्ने विषयमा सम्झौता भएको हो ।

इमर्जेन्सी क्लिनिकमा चौबीसै घण्टा एक डाक्टर र एक नर्सले 'स्ट्रङ इमर्जेन्सी ब्याकअप' सहित सेवा प्रदान गरिने ह्याम्स हस्पिटलका अध्यक्ष आर एस भण्डारीले जानकारी दिए ।

हस्पिटलको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सेवा प्रदान गरिने भन्डारी बताउँछन् ।

विमानस्थलमा इमर्जेन्सी सेवा पछि थप उपचार गर्नुपरे ह्याम्स हस्पिटल सम्म नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भण्डारीले जानकारी दिए । सम्झौता अनुसार विमानस्थलमा ह्याम्स हस्पिटलको एम्बुलेन्स चैबिसै घण्टा उपलब्ध हुनेछ ।

यस सम्झौता अनुसार विमानस्थलमा ह्याम्स हस्पिटलले क्लिनिक सन्चालन गर्न  आवस्यक स्थान नागरिक उड्डयन कार्यालयले नि:शुल्क उपलब्ध गराउने बताइएको छ ।

हस्पिटलको तर्फबाट हवाई यात्रु तथा विमानस्थल कर्मचारीका लागि स्वास्थ्य जाँच, प्राथमिक स्वास्थ्य उपचार, आपतकालीन सेवा अन्तर्गत अचानक हृदयघातहुँदाको अवस्थामा एईडी सेवाले यात्रु तथा कर्मचारीलाई थप सहज हुने सम्झौतापत्रमा उल्लेख छ । यो सम्झौता ३ वर्षका लागि गरिएको हो ।

यस्तै जहाज दुर्घटना हुँदाको अवस्थामा उद्धारमा तत्काल उपस्थिति र स्वास्थ्य शिविर लगायतको व्यवस्थाले यात्रु तथा कर्मचारीहरूलाई थप सुविधा प्राप्त हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

सम्झौतापत्रमा ह्याम्स हस्पिटलको तर्फबाट वरिस्ठ निर्देशक सची रेग्मी र विमानस्थलको तर्फबाट कर्पोरेट महाशाखा प्रमुख नारायणी देवी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको