सिटिजन्स बैंकद्वारा प्रवर्द्धन गरिएकाे तथा सिटिजन्स क्यापिटल (साविककाे सिबिआईएल क्यापिटल) लिमिटेडद्वारा व्यवस्थान सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
सिटिजन्स क्यापिटलकाे भदाै ७ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७९/८० को लागि सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीहरूलाई ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घाेषणा गरेको थियो।
त्यसैगरी, फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि भदाै १९ गते, बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, भदाै १८ गते(आज)सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने ईकाईधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस