Like us!
Follow us!
Connect us!
Watch us!

रोल्पामा दश हजार बढी नयाँ मतदाता थपिए

बुधबार, १५ कार्तिक २०७४, १३ : १३ मा प्रकाशित

रोल्पामा दश हजार बढी नयाँ मतदाता थपिए

अर्थ संसार, रोल्पा– मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेशसभामा रोल्पा जिल्लाबाट १० हजार ८९४ नयाँ मतदाताले मतदान गर्ने भएका छन् ।

स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख १७ हजार २६१ मतदाता रहेकामा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा थप नयाँ मतदातासहित एक लाख २७ हजार ६२९ मतदाताले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा पुरुष मतदाताको तुलनामा महिला मतदाता बढी देखिएका छन् । स्थानीय तह निर्वाचनमा पुरुष मतदाता भन्दा तीन हजार ६८९ महिला मतदाता बढी थिए । प्रतिनिधिसभा र प्रदेशसभामा पुरुष भन्दा दुई हजार १८६ बढी महिला मतदाताले मतदान गर्ने भएका छन् ।

जिल्लामा ६४ हजार ९०७ महिला र ६२ हजार ७२१ पुरुष मतदाता छन् । तेस्रो लिंगी मतदाता भने हालसम्म एकजना पनि देखिएको छैन ।

नयाँ मतदाता थपिएसँगै जिल्लामा ६ वटा मतदान केन्द्रसमेत थप भएको छ । स्थानीय तह निर्वाचनमा १५४ मतदान केन्द्र रहेको रोल्पामा मंसिर १० गते हुने निर्वाचनका लागि १६० मतदान केन्द्र र ८० मतदानस्थल कायम गरिएको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको